चितवन । चितवनको खैरहनी नगरपालिकामा कोरोना संक्रमीत हुनेको संख्या ३२७ पुगेको छ । जेठ महिनादेखी कात्तिक १८ गते सम्म सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । खैरहनिमा पहिलो पटक जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो अबधिमा कुल संक्रमित मध्य २३० जना भने कोरोना मुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले जानकारी दिए । ८८ जनामा भने कोरोना सकृय अवस्थामै रहेको छ । कोरोनाका कारण यस नगरपालिकामा ९ जनाको मृत्यु भएको शर्माले बताए । मृत्यु भएका प्राय सबै दिर्घ रोगबाट पीडित पनि थिए । हाल सकृय संक्रमित मध्य ७७ जना होम आउसोलेसन,४ जना सामुदायिक आइसोलेसन र ६ जना अस्पताल आइसोलेसनमा छन् । एक जना हिरासतमा छन् । खैरहनिमा जनप्रतिनिधि ,कर्मचारी ,स्वास्थ्यकर्मी गरि २० जना बढीमा पनि कोरोना संक्रमण भएकोमा सबै कोरोना मुक्त भएका छन् ।








