काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । हाल प्रदेश १ मा आन्शिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ । यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








