• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुली । करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो । हेफरले नेपाल सरकारसँग मिलेर सिन्धुलीमा ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको छ । दक्षिण कोरिया सरकार पनि यस परियोजनाको साझेदार हो ।

    परियोजनाका लागि दक्षिण कोरियाले सन् २०२२ डिसेम्बर र सन् २०२३ जनवरीमा होलिस्टिन प्रजातिका एक सय गाई र आठवटा साँढे उपहारस्वरूप प्रदान गरेको थियो । जसमध्ये कमलामाई नगरपालिकामा ५१ किसान परिवारलाई गाई बाँडिएका थिए । नश्ल सुधारका लागि ल्याइएका साँढे भने राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका छन् । यसरी किसानलाई बाँढिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी अहिले अरू किसानलाई हस्तान्तरण गरिएको हो । ‘मिल्की वे’ परियोजनाले पाँच लाख नेपाली साना किसान परिवारमा पुगेर जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।

    ‘मिल्की वे’ परियोजनाका साझेदारहरूले कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ समेत स्थापना गरेका छन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले ‘मिल्की वे’ कार्यक्रमले किसानको जनजीविका सुधारमा लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “स्थानीय सरकारसमेतको सहकार्यमा सञ्चालित यस कार्यक्रमले किसानको आर्थिकस्तर सुधारका लागि मात्र नभइ कृषिउपज उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र त्यस्ता वस्तु निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो, “उपहार प्रदान गर्ने संस्कृतिले सामाजिक एकता तथा सहकार्यको भावनालाई मजबुद बनाउँछ र यसले व्यावासयिक कृषिमा लाग्नका लागि उत्प्ररित पनि गर्छ ।”

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले मुलुकको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा आबद्ध रहेको उल्लेख गर्नुहुँदै व्यावसायिक पशुपालन तथा नश्ल सुधारका कार्यक्रमबाट दुग्धजन्य तथा मासुको उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताउनुभयो । कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका विभिन्न रोग उन्मूलनका लागि सरकारले योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा हेफर इन्टरनेशनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले भन्नुभयो, “हामीले हेफर इन्टरनेशनलको ८०औँ वार्षिकोत्सव मनाउँदै गर्दा उपहार हस्तान्तरणका माध्यामबाट सामाजिक एकतासँगै रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो ।

    कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो ।” यस्तै, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले कोरियाली गाई ल्याएपछि गत वर्षको तुलनामा दूध उत्पादन दोब्बरले बढेको दाबी गर्नुभयो । मासिक २७ लिटरबाट बढेर ५५ हजार लिटर पुगेको उहाँको भनाइ छ । हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले देशका ५३ भन्दा बढी जिल्लामा चार लाखभन्दा बढी परिवार, १६ हजार समूह र दुई सय ९२ वटा सहकारी हेफरसँग आबद्ध भएर कृषि तथा पशुपक्षी पालनमार्फत जीविकोपार्जन कार्यक्रमसँग जोडिएको बताउनुभयो ।

    आर्थिक रूपमा कमजोर परिवारलाई पशुपालनमार्फत जीवनस्तर सुधार, उत्पादित वस्तुको बजारीकरण, स्वरोजगार सिर्जनालगायत काममा हेफरले भूमिका खेलेको उहाँले बताउनुभयो । यसबाट गरिबी र भोकमरी अन्त्य हुनेमात्र नभइ दिगो खाद्य सुरक्षा र मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने डा रेग्मीको भनाइ छ । कोरियाबाट उपहार पाएका दुईवटा गाई पालिरहनुभएकी कमलामाई नगरपालिकाको तल्लो राजपानीकी रुक्मिणी अधिकारी आफ्नो घर खर्चसँगै केही बचत पनि हुन थालेको बताउनुहुन्छ ।

    “मेरो परिवारको मुख्य पेसा खेती किसानी र पशुपालन हो । पहिले पनि गाई पाल्थ्यौँ तर त्यो आफैँलाई खानका लागि मात्र पुग्थ्यो । अहिले कोरियाबाट आएका गाईको दूध बेचेर मैले परिवार खर्च चलाउने, छोराछोरी पढाउनेमात्र होइन, केही बचत पनि गर्न थालेकी छु”, उहाँले भन्नुभयो । अधिकारीले आफूले उपहार पाएको गाईबाट जन्मिएको बाछी स्थानीय कुसुम थापालाई दिनुभएको छ । कृषि तथा पशुपालनका माध्यमबाट भोकमरी र गरिबी अन्त्य गर्ने उद्देश्य राखेको हेफरले उपहारको संस्कृतिलाई पनि प्रवर्द्धन गर्दै आएको छ ।

    दोस्रो विश्वयुद्धपछि सन् १९४४ मा अमेरिकी नागरिक ड्यान वेस्टले कोरियाका गरिब किसानलाई १७ वटा गाई बाँड्नुभएको थियो । त्यसरी बाँडिएका गाईबाट त्यहाँको किसानको जीवनस्तर सुधारमात्र नभइ दुग्धजन्य वस्तु उत्पादनमा कोरियाले अग्रणी मुलुकका रूपमा परिचय बनाएको छ । नेपालमा पनि सुरुमा एक सय वटा गाई ल्याएर ५१ किसान परिवारलाई बाँडेकामा त्यसलाई उपहार संस्कृतिकै माध्यामबाट बढाएर पाँच लाख पुर्याउने र नेपालभित्र मात्र नभइक अन्य देशलाई पनि नेपालबाट उन्नत जातका गाई बाँड्ने अवस्थासम्म पुर्याउने लक्ष्य राखिएको हेफर एसिया प्रोग्रामका वरिष्ठ उपाध्यक्ष नीना जोशीले बताउनुभयो ।

    पशुपालनका क्षेत्रमा नेपालले उल्लेख्य सुधार गरेको र यहाँ सञ्चालित कार्यक्रमको प्रभावकारिता राम्रो देखिएका कारण ८०औँ वार्षिकोत्सव नेपालमा मनाइएको पनि हेफर इन्टरनेशनलले जनाएको छ । यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा हेफरका सहयोगदाता, विभिन्न देशका राष्ट्रिय निर्देशक, हेफरका संस्थापक ड्यान वेस्टको परिवारका सदस्यलगायतको उपस्थिति थियो । हेफरअन्तर्गतका परियोजना लागू भएका विभिन्न स्थानीय तहका प्रतिनिधि पनि वार्षिकोत्सवमा सहभागी थिए ।

    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.