• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

‘आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो’

  •   शनिबार, असोज १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना आदानप्रदान तथा कांग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताउनुभयो ।

    “मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ । सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ”, नेता डा कोइरालाले भन्नुभयो । उहाँले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याउनुभयो । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गर्नुभयो । नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राख्नुभयो ।

    सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, कांग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि सङ्घ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने धारणा राख्नुभएको थियो ।

    सोही अवसरमा नेपाल इञ्जिनियर एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित इञ्जिनियर सुवासचन्द्र बराल र सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)का अध्यक्ष इञ्जिनियर लक्ष्मण केसीलाई सम्मान गरिएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.