• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

  •   बुधबार, असोज १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज (पर्सा) । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् । मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताउनुभयो । “अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरुले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन,” उहाँले भन्नुभयो, “राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।” प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पु¥याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गर्नुभयो ।

    “सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन,” उहाँले भन्नुभयो, “अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।” वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुनेगर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ ।

    असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले अविरल वर्षापछि पनि भन्सार जाँचपासको काम भने नरोकिएको बताउनुभयो । “अहिले पनि व्यवसायीहरुले दैनिकजसो भन्सार जाँचपासको प्रक्रिया अघि बढाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यवसायीले राजमार्ग अवरुद्ध भएर वस्तु तथा सामान लैजान अप्ठेरो भएको भन्ने गुनासो गर्नुभएको छैन ।”

    प्रमुख भन्सार अधिकृत बरुवालले चाडपर्वको बेला भएकाले पनि व्यवसायीले जाँचपास गराउने काम धमाधम गरिरहेको बताउनुहुन्छ । “शनिबार बिदाको दिन भएकाले खासै भन्सार जाँचपासको काम हुँदैन । आइतबार र सोमबार भने भन्सार जाँचपासको काम सामान्य दिनको तुलनामा कमै भएको थियो,” उहाँले भन्नुभयो, “मङ्गलबार भने भन्सार जाँचपासको काम भने धेरै नै भएकाले पनि राजस्व पनि बढ्यो ।” प्रमुख भन्सार अधिकृत बरुवालले राजमार्ग अवरुद्ध भएर गाडी नपाउने समस्या भएको खण्डमा अबका केही दिनभित्रै भन्सार जाँचपासमा समस्या देखिन सक्ने दाबी गर्नुभयो ।

    भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई असोज महिनाका लागि मात्रै चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । तर असोज महिनाको १५ दिनको अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । “चालु आवमा विदेशी मदिराको आयातले राजस्व सङ्कलनमा ठूलो योगदान दिएको छ,” उहाँले भन्नुभयो, “मङ्गलबार मात्रै ११ करोडभन्दा धेरै राजस्व मदिराजन्य पदार्थबाट सङ्कलन भएको छ ।” सुक्खा बन्दरगाह कार्यालयले औसतमा दैनिक १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि अहिले औसतमा सरदर ११ देखि १२ करोडको हाराहारीमा सङ्कलन हँुदै आइरहेको छ ।

    गत आर्थिक वर्ष २०८०÷८१ कुल १५ खर्ब ९२ अर्ब आठ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव ३० प्रतिशत अर्थात् पाँच खर्ब ४५ अर्ब ४३ थियो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयातको योगदान १२ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब ६३ करोड रहेको छ । कुल आयातमध्ये वीरगञ्जका दुई भन्सार कार्यालयबाट हुने आयातको हिस्सा भने ४७ दशमलव ०८ प्रतिशत रहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.