काठमाडौँ । नेपाली बजारमा बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा घटेको छ । बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुन ९५ हजार ७०० रुपैयाँ तोलामा कारोबार भईरहेको जनाइएको छ।चाँदीको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ।चाँदी आज तोलामा १२१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।








