• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाटन (ललितपुर) । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल टेलिकमको जावलाखेलस्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको आज निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो ।

    “फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।” मन्त्री गुरुङले यसै वर्ष केन्द्रका सबै मन्त्रालय र कार्यालयमा ‘इ–गभर्नास्’ सुरु गरिने बताउँदै यो सेवा सुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “तपाईंहरूले पूर्वाधार पुर्‍याइ दिनुपर्‍यो, हालसम्म पनि स्थानीय तहका १६ वटा वडामा नेपाल टेलिकमको सेवा पुगेको छैन । एउटा स्थानीय तहमा सेवा पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्छ ।” सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले त्यसलाई नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नीतिबिना कार्यक्रम हुँदैन, बजेटबिना कार्यक्रम सम्भव हुँदैन, अब आवश्यकताअनुसार मिलाउँदै जाने हो ।

    कानुन नियम नमिलेको छ भने पनि भन्नुहोला, सबै मिलेर सफल पार्नुपर्छ ।” दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन सक्दैन भन्नुभयो । नेटवर्क सञ्चालन प्रणालीको निरीक्षणका क्रममा सञ्चार सचिव राधिका अर्याल, टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित टेलिकमका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।

    केन्द्रीय तहबाट देशैभरिका नेटवर्कहरू सञ्चालन भए नभएको, समस्या के भएको छ भन्ने हेर्ने र अनुगमन कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङ समक्ष टेलिकमका उपप्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालनबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.