सांकेतिक तस्विर
हेटौंडा– ठेकेदारसँग मोटो रकम घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन आयोजनाका प्रमुख इन्जिनियर इश्वरी प्रसाद जैसवाललाई प्रक्राउ गरेको हो । हेटौंडा–१० बसपार्कस्थित मेगा होटलबाट बिहीबार दिउँसो १० लाख घुस रकमसहित इन्जिनियर जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार हेटौंडा कार्यालयका प्रवक्ता महेश तिम्सिनाले घटनाबारे थप विवरण केहीबेरमा दिने जानकारी दिए ।








