चितवन । नेपालमा पहिलो पटक नेपाल कुखुरा व्यवसायी मन्चको आयोजना र इण्डिया पोल्ट्री रिभ्यु लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानको सहयोगमा शनिबार काठमाण्डौमा “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि सेमिनार” सम्पन्न भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको समुदघाटन नेपाल पोल्ट्री महासंघका अध्यक्ष श्री गुणचन्द्र विष्टले गर्नु भएको थियो ।
सेमिनारमा नेपालको पोल्ट्रीको बर्तमान अवस्था,चुनौती, अवसर, दिगो विकास र भावी रणनिती सम्बन्धी डा. सुविर सिंह र डा. दिनेश गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यसै गरी पोल्ट्री प्रविधि न्यूट्रिसन र दाना सम्बन्धी प्रा. डा. ए. एस रान्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै दक्षिण एशियामा पोल्ट्रीमा देखापरेका नयां रोगहरुको अवस्था, रोगथाम र नियन्त्रण का बारेमा प्रा. डा. पि. के. शक्लाले कार्यपत्र प्रस्तुत गर्नु भएको मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिनुभयो ।
डिजिटल रुपान्तरणवाट भविष्यमा पोल्ट्रीको अवस्थाका बारेमा स्वाइन्स गु्रपका प्रशान्त कुमारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने पोल्ट्रीको बर्तमान अवस्था, चुनौती र ए एम आर को व्यवस्थापन बारेमा डा. सन्दीप द्धवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको बरालले बताउनु भयो । दिगो कुखुरा उत्पादनका लागि आउन सक्ने जैविक संक्रमणका बारेमा डा. मिथिलेस जैसवालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्व अध्यक्ष एंव कृषि तथा वन विज्ञान विश्व विद्यालय पशुचिकित्सकका, पशु विज्ञान तथा मत्स्य संकायका डिन प्रा. होमवहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल नेपाल भेटेरीनरी एशोसियशन केन्द्रीय समितिका अध्यक्ष डा. रामकृष्ण खतिवडा, नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंह, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्ष, रितेश रिमाल स्पेनाइस गु्रपका कार्यकारी निर्देशक सोमुकुमार अम्वोट, इम्र्मोका हेल्थ प्रा. लि. का डा. दिव्यान्दु दे ,इण्डिया फेडेरेशन अफ एनिमल हेल्थ कम्पनीका अध्यक्ष डा. सिरिस निगमज्यू,लगायत व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंहले स्वागत मन्तव्य र कार्यक्रमका सभापती एंंव नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो । कार्यक्रममा ६५ जना व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो ।








