चितवन । चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचाररत भरतपुर २१ का ५९ बर्सिय पुरुषको बिहिवारराती मृत्यु भएको हो । निमोनिया,सुगर प्रेसर सम्वन्धी बिरामी भई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । कार्तिक १२ गते उनको स्वाब संकलन गरिएकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोट पोजिटिभ आई सोही अस्पतालको कोभिड आइसियुमा उपचार भई रहेकोमा उनको कार्तिक २० गते राती ९ः५० बजे मृत्यु भएको अस्पतालका चिकित्सक डा सन्दिप पाण्डेले जानकारी दिए ।








