हेटौँडा । आज शुक्रबार दिनभर हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कतौटी हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत चौघडा, रंगशाला र भुटनदेवि फिडर अन्तर्गत विद्युत आपुर्ति भएका विभिन्न वडामा दिनभर लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ। एच टि तथा एलटि लाइनको कन्डक्टर अपग्रेड तथा लाइन नजिक रहेका रुखका हाँगाहरु काट्नु पर्ने भएकोले साँझ ५ बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।








