• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण सुरु

  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ती दुवै भाषामा समाचार सम्प्रेषण गरी सेवा सुरुआत गर्नुभयो ।

    गत माघदेखि स्थानीय ‘अवधी’ भाषा समाचार सेवा सञ्चालन गरिसकेको राससले आजदेखि मैथिली र नेपाल भाषामा पनि समाचार सेवा प्रारम्भ गरेको हो । संविधानमा व्यवस्था भएअनुरूप राससले समावेशी चरित्रका रूपमा मातृभाषामा समाचार सेवा दिन सुरू गरिसकेको छ ।

    राससका कार्यकारी अध्यक्ष झाले संविधानको भावनाअनुरूप राससलाई समावेशी बनाउने लक्ष्यका साथ थप दुई मातृभाषामा समाचार सेवा प्रारम्भ गरिएको बताउनुभयो । “राज्यको लगानी रहेको राससमार्फत आम व्यक्तिका सूचना र जानकारी आम नागरिकले उनीहरूकै भाषामा बुझ्नेगरी समाचार एवं सूचनाहरू प्राप्त गर्ने अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो सोच हो”, उहाँले भन्नुभयो, “त्यसआधारमा राससले मातृभाषामा समाचार सेवा सञ्चालनको जमर्को गरेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो । र, त्यसको प्रभाव निश्चित रूपमा पनि राससजस्तो राज्यद्वारा सञ्चालिन समाचार संस्थामा पर्दछ, जनताका अपेक्षाहरू हामीसँग पनि छन् । जनताले खोजेको र चाहेकै भाषामा सूचना प्रवाह गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।”

    देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लोकतन्त्रमा सूचनाको अत्यन्तै बढी महत्त्व हुन्छ भन्दै कार्यकारी अध्यक्ष झाले जति बढी सूचना छिटो सम्प्रेषित हुन्छ लोकतन्त्र त्यतिनै सबल हुने विश्वास व्यक्त गर्नुभयो । संविधानले निर्दिष्ट गरेको सङ्घीयता, लोकतन्त्र, समावेशी अवधारणा अनुरूप आफ्ना काममार्फत कार्यान्वयन गर्ने सन्दर्भमा राससले मातृभाषामा समाचार दिने प्रयास गरेको उहाँले स्पष्ट पार्नुभयो । “देश बहुभाषिक छ, जनता बहुभाषिक छन् मुलुकमा व्यक्तिका आ–आफ्ना आवश्यकता र चाहना हुनसक्छन्, हाम्रा सेवाहरूलाई सोहीअनुरूप सम्प्रेषण गर्न सक्नुपर्दछ, त्यसैको प्रयास स्वरूप राससले यो सेवा प्रारम्भ गरेको हो”, उहाँले भन्नुभयो ।

    अध्यक्ष झाका अनुसार मातृभाषामा समाचार प्रवाह गर्नु भनेको सूचनाको हकको कार्यान्वयन पनि हो । सूचनाको हकसम्बन्धी ऐनले आम व्यक्तिले बुझ्ने भाषामा सार्वजनिक निकायको सूचना प्रवाह हुनुपर्छ भन्ने परिकल्पना गरेको छ । राससजस्ता संस्थाहरूले मातृभाषामा समाचार सम्प्रेषण गर्दा सम्बन्धित व्यक्तिहरूले आफूलाई आवश्यक परेका सूचना आफ्नै भाषामा प्राप्त गर्न पाउँदा सूचनाको हकको मर्म कायम रहने कार्यकारी अध्यक्ष झाले बताउनुभयो ।

    करिब दुई वर्षको अध्ययन–अनुसन्धानपछि नेपालमा दोस्रो धेरै वक्ता भएको मैथिली र अर्को महत्त्वपूर्ण नेपाल भाषामा रासस सेवा सुरु गरिएको राससले जनाएको छ । राससले यो सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

    चालु आर्थिक वर्षमै सरकारबाट प्राप्त बजेटबाट राससबाट अवधी, मैथिली र नेपाल भाषा सेवा प्रवाह गरिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो । राससले सबै सञ्चार माध्यमहरूलाई मातृभाषाबाट सञ्चालिन सञ्चार माध्यमलाई सुलभ र सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले थप मातृभाषमा समाचार सेवा सुरू गरेको हो ।

    राससका महाप्रबन्धक सिद्धराज राईले राससको ६३ वर्षे इतिहासमा पहिलो पटक राससले मातृभाषाको समाचार सम्प्रेषण गर्न सुरु गरेको बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा राससले दुई भाषामा समाचार सेवा परीक्षणका रूपमा सुभारम्भ गरेको बताउनुभयो ।

    “नेपालमा सबैभन्दा धेरै बोलिने दोस्रो भाषा मैथिली र नेपाल भाषा सङ्घीय राजधानीलाई आधार मानेर समाचार सेवा प्रारम्भ गर्न लागिरहेका छौँ”, महाप्रबन्धक राईले भन्नुभयो, “त्यसको परीक्षणका रूपमा आजदेखि प्रारम्भ गरेका छौँ, यो सुरु गर्नुको अर्थ राससलाई नागरिकसँग जोडेर सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउने, संविधानको समावेशी सिद्धान्तको भावनाअनुरूप मातृभाषाको संरक्षण र विकास गर्नका लागि राससले पहलकदमी लिएको छ ।”

    मातृभाषाको समाचार सेवाले नीतिगत र व्यवहारिक रूपमा सहजता हुनुका साथै मातृभाषामा खुलेका मिडियालाई ‘कन्टेन्ट’ दिने र ती मिडियाको संरक्षणका निम्ति सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक राईले राससले मातृ भाषाको समाचार सम्प्रेषणका लागि भाषा अनुवादकलगायत जनशक्ति नियुक्ति प्रक्रिया सुरु गरेको र तत्काल कार्यालयको मौजुदा जनशक्तिलाई प्रयोग गरेर सेवा सञ्चालन गरिने बताउनुभयो ।

    राससका वरिष्ठ कार्यकारी व्यवस्थापक सीतलप्रसाद महतोले नेपालको संविधानअनुसार राससलाई बहुभाषामा लैजाने र समावेशी चरित्रको बनाउने नीतिअनुरूप मैथिली र नेपाल भाषामा समाचार सेवाको परीक्षण सुभारम्भ गरेको बताउनुभयो । उहाँका अनुसार दुई मातृभाषामा समाचार सम्प्रेषणको औपचारिक उद्घाटन आगामी कात्तिक ४ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुनेछ ।

    कार्यकारी व्यवस्थापक महतोले मातृभाषाको समाचार सेवामार्फत राससले राष्ट्रिय स्वरुप ग्रहण गर्दै गइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “रासस राष्ट्रिय स्वरूपको बन्दै गइरहेको छ । नेपालको संविधानले पनि मुलुकमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा मानेको छ र त्यहीअनुसार अहिले राससले मातृभाषाको सेवा सुरु गरेको हो ।” निकट भविष्यमा थप मातृभाषामा सेवा विस्तार गर्दै जाने सोच र योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

    विसं २०७२ को संविधानमा सबै राष्ट्रिय भाषाको समान व्यवहार हुनुपर्ने, भाषाको संरक्षण र प्रवर्द्धन गर्ने राष्ट्रिय दायित्व हुन्छ । कुनै पनि मुलुकको भाषा देशको सभ्यताको अङ्ग हो । विश्वमा करिब सात हजार भाषा रहेको बताइन्छ । नेपालमा एकसय २४ मातृ भाषा छन् । भाषा विश्वले पाएको अमूल्य निधी हुन् । भाषा मानव जीवनको अमूल्य सम्पत्ति भएकाले ति सम्पूर्ण भाषालाई जीवित राख्न संरक्षण अभियान जरूरी भइसकेको विज्ञहरूको कथन छ ।

    राससले सेवालाई क्रमशः विविधिकरण गरिरहेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर/आलेख/विचार, फोटो, भिडियो, अडियो हुँदै विसं २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ ।

    राससले ६३ वर्षे इतिहासमा पहिलोपटक यही भदौ १७ गतेदेखि नेपाली समाचारको चौबिसै घण्टा सेवा सुरु गरेको थियो । एउटा कोठामा ६३ वर्षअघि स्थापना भएको राससले इतिहासलाई सङ्ग्रह गरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । सङ्ग्रहालयको गत साउन ३२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।रासस

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.