नवलपुर । तिहारका लागि आवस्यक पर्ने प्राकृतीक फुल यो वर्ष अभाव हुने देखिएको छ । विशेष गरि भाइ टिकाका लागि आवस्यक पर्ने मखमली तथा थुुङगेसरी फुुल समय अगावै फुलेको र तिहार सम्म बोटमै औलिने आवस्था देखिए संगै यो वर्ष प्राकृतीक फुलको अभाव हुने देखिएको छ । जिल्लामा फुुलको व्यवशायिक खेती गर्दे आएकाहरुमा पनि अहिले तिहारका लागि आवस्यक फुुल पर्याप्त नहुुने देखिएको छ । गएको वर्ष कार्तिक पहिलो साता भाइ टिका रहेको कारण फुुलको पर्याप्त थियो भने यो वर्ष भाइ टिका मंसिरमा रहेको हुुदा समय अगावै फुल फुलेको कारण फुलहरु बोटमै औलिन थालेका छन ।








