• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उहाँले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो ।

    महानिरीक्षक अर्यालले भन्नुभयो, “विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ । यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।” त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औँ समूहका ४५ अधिकृत दीक्षित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् । आधारभूत तालिमको प्रथम प्रवचन २०८० साउन १० गतेदेखि सुरु भएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले तालिमका क्रममा सहभागीलाई तीन चरणमा विभिन्न विषयवस्तुबारे प्रशिक्षित गरिएको जानकारी दिनुभयो ।

    पहिलो चरणमा ‘कन्भेन्सनल ट्याक्टिस’, व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार तालिम, ‘फिल्ड क्राफ्ट’, ‘व्याटल क्राफ्ट’, फायरिङ, प्राथमिक उपचार तथा परम्परागत युद्धकला सिकाइएको थियो । सहभागीलाई विभिन्न क्षेत्रका २१ विशेषज्ञले प्रशिक्षण दिनुभएको थियो । दोस्रो चरणमा ‘अनकन्भेन्सनल ट्याक्टिस’, हुल तथा दङ्गा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्ति सुरक्षा, ‘बेसिक पुलिसिङ’ सीप र साहसिक तालिम तथा तेस्रो चरणमा नेतृत्व, प्रशासन व्यवस्थापन, अपराध अनुसन्धान, ‘केस स्टडी’, पुस्तक समीक्षा, अनुसन्धान प्रस्तावना लेखनलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।

    तालिमका दौरान स्थानीय इलाकामा पहिलो चरणमा तीन÷तीन दिन तथा दोस्रो चरणमा पाँच दिनको बाहिरी अभ्यास र तेस्रो चरणमा छ दिनको ‘हाइब्रिड एक्सरसाइज’ सञ्चालन गरिएको थियो । समारोहमा प्रधानमन्त्री ओलीले तालिमका दौरान विभिन्न विधामा उत्कृष्ट भएका अधिकृतत्रय रमेश जोशी (डडेल्धुरा), वासुदेव मिश्र (नुवाकोट) र सुजन पोखरेल (स्याङ्जा)लाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । दीक्षित सशस्त्र प्रहरी निरीक्षकलाई आआफ्ना अभिभावकले दज्र्यानी चिह्न प्रदान गर्नुभयो । तालिम पूरा गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक आजैदेखि आआफ्नो कार्यक्षेत्रमा खटिनुभएको छ ।

    त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका प्रहरी निरीक्षकबाट विभिन्न कवाज प्रदर्शन गरिएका थिए । प्रतिष्ठानबाट सशस्त्र प्रहरी सङ्गठनमा प्रवेश गरेका सकल दर्जालाई विभिन्न आधारभूत तथा उन्नत तालिम प्रदान हुँदै आएको छ । तालिममार्फत पेसागत ज्ञान, सीप तथा नेतृत्व विकास गरी अधिकृत तथा जवानमा सङ्गठनको आदर्श, मूल्य तथा मान्यताको दरिलो जग बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।

    समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजुअर्याललगायत उच्च पदस्थ व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.