• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सद्भावको पर्व बन्दै छठ

  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महेन्द्रनगर (धनुषा) । छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो । अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ । मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन् ।

    यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ । कृषि प्रदर्शनीको पर्व छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषिउपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ ।

    छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताउनहुन्छ । गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उहाँको भनाइ छ । छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताउनुभयो । स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ । उखु, चामल, केरा जस्ता दर्जनौँ कृषिउपजको प्रयोग छठमा हुन्छ । छठमा सूर्यको पूजा हुन्छ ।

    सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ । कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेकोे ज्योतिष पण्डित अमित झाले बताउनुभयो । “छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो”, छठ पर्वका जानकार डा राजेन्द्र विमलले भन्नुभयो । प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैँ प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताउनुहुन्छ ।

    उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन् । यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ । विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ । यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको छ । किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरु बताउँछन् । “कसको बारीमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्”, किसान दीपेन्द्र साहले भन्नुभयो । छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ ।

    संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ । संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालाय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताउनुभयो । छठले यसलाई प्रतिविम्बित गर्ने उहाँको भनाइ छ । डा राजेन्द्र विमलका अनुसार कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गर्छ । “छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ ।

    मनमनमा भक्तिभाव जगाइदिन्छ । जनजनमा ऊर्जा भरिदिन्छ”, स्थानीय पण्डित डिगम्बर झाले भन्नुभयो, “सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसीलाई चट्टान झँै बलियो बनाइदिन्छ । अनि सबै घर र बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन् ।” छठका उपासकहरु जलाशयमा उभिन्छन् । पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ ।

    सामाजिक एकता

    छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । “तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,” जानकार नित्यान्द मण्डलले भन्नुभयो । कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन् ।

    छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उहाँले बताउनुभयो । छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन् ।

    प्रकृतिको पूजा

    मधेस प्रदेशसभा सदस्य एवं गङ्गाआरती अभियन्ता रामअशिष यादवले भन्नुभयो, “चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो । छठ पर्व मान्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो ।” मिथिला र मधेशबाट विश्वभरि छठ फैलिएको छ । पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको बताइन्छ । “चुरे दोहनले छठ पर्वको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ । तर जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको छ”, उहाँले भन्नुभयो ।

    अहिंसाको पर्व

    छठमा प्रसादका रूपमा शाकाहारी चीज वस्तु प्रयोग गरिन्छ । यो पर्वले बलि प्रथालाई पूर्ण रूपमा वर्जित गरेको छ । स्वास्थ्यवर्धक खानपिनलाई मात्रै प्रोत्साहन गरिएको पण्डित रामचन्द्र झा बताउनुहुन्छ । छठको खानपिन वातावरणमैत्री छ ।

    गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ मनाइन्छ । छठको मुख्य प्रसाद ठेकुवा र केरा हो । ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ । चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तापक्रम प्रदान गर्छ । जसले चिसोसँग लड्ने शक्ति प्रदान गर्छ ।

    लोकतान्त्रिक पर्व

    लोकतन्त्रमा सबै बराबर हुन्छन् । यो भावलाई छठ पर्वले बोकेको छ । सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन । सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ । त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ । सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम राखिएको विश्वास यस पर्वले फैलाउने पण्डित तपु झा बताउनुहुन्छ ।

    छुवाछूतविरुद्धको पर्व

    हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ । कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ । तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताउनुभयो । उहाँका अनुसार यस पर्वमा कुनैपनि जातजातिको विभेद गरेको छैन । समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उहाँको भनाइ छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व

    र्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ । दैनिक घरमा पूजाआजा हुन्छ । हिन्दू परम्परामा पञ्चायन पूजा गरिन्छ । जहाँ गणेश, विष्णु, शिव, सूर्य र कालीको पूजा गरिन्छ । पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ । तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ । संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो ।

    नारी सशक्तीकरण पर्व

    छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो । सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेकोे अधिवक्ता रेखा झा बताउनुहुन्छ । सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । “छठ मात्र यस्तो अनुष्ठान हो,” उहाँले भन्नुभयो, “जसमा छोरीको कामना गरिन्छ ।”

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.