हेटौँडा। हेटाैंडा-१६ काे ठूलाे आकाशधारा र खाती टाेलमा शनिबार भएकाे छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका नेता राधाकृष्ण खातीसहित नेकपा र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीकाे सदस्यता प्रदान गरेका थिए ।हेटाैंडा-१६ मा निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति रामकृष्ण काेइरालाकाे अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै पूर्व गृहराज्यमन्त्री, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खाेक्राे बनाएकाे अाराेप लगाए ।
कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताकाे भावनाअनुसार काम गर्ननसकेकाे बताए । ‘कम्युनिष्टहरुले जनतालाई गुलियाे कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन् । पछिल्लाे समय कांग्रेसमा फर्केनेकाे लहर नै चलेकाे छ ।जनताकाे विश्वासलाई हामी कुठाराघात गर्दैनाैं ।’ बानियाँले भने ।कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जिते पछि अाकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटाे र बत्ति पुगेकाे स्मरण गर्दै कांग्रेस सधैं जनताकाे दुःखसुखकाे साथी रहेकाे उनकाे भनाइ थियाे । हटिया हुँदै आकाशधारा हुँदै डम्बरपुरबाट निजगढसम्म पुग्ने बाटाे स्तरीकरण गर्न प्रदेशबाट आफूले बजेट हालिदिने पनि उनले प्रतिवद्धता जनाए । वडाका बासिन्दाकाे आय आर्जन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न पार्टीले सहयाेग गर्ने पनि बानियाँले बताए । नवप्रवेशीलाई सम्बाेधन गर्ने क्रममा बानियाँले उनीहरुकाे क्षमता र क्रियाशीलताकाे अाधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए ।दुवै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव शिलवाल, हेटाैंडा उपमहानगर सभापति अानन्दराम पराजुली, हेटाैंडा-६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चाैलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता साेमबहादुर माेक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लाेक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनाेरञ्जन दिलाएका थिए ।








