चितवन । चितवनमा हात्तीको आक्रमणमा परि माउतेको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको पालुवा हात्तीको आक्रमणले सोहि हात्तीको माउते हंसराज कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जभित्र चराउन जाने क्रममा माउतेलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट रौतहट जिल्ला चन्द्रपुर घर भई हाल सौराहामा बस्दै आएका ३६ बर्षिय कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








