चितवन । चितवनमा बस र स्कुटर ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको खैरहनी ८ पर्सा बजार नजिक शनिवार दिउँसो पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा ३ ख २५६२ मिनिबस र सोहि दिशाबाट आउदै गरेको ना ४८ प ३५३५ नम्बरको तिन पाङग्रे स्कुटर ठक्कर खाएको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका स्कुटर चालक खैरहनी ८ निवासी ४३ बर्षिय राम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख रिषीराम घर्ती मगरले जानकारी दिए । गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी र बसको चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।








