नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले आज जिल्लाको विभिन्न ठाउँबाट २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । नवलपरासी (पश्चिम) प्रहरीले जिल्लाको भारतीय सिमावर्ती एरियाबाट २ लाख ३८ हजार ९ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान बरामद गरेको हो । भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं। १ लाख २ हजार १ सय मुल्य बराबरको थान कपडा, लेडिज सुट, तन्ना, लाहा छाप लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरबाट बरामद गरेको छ । त्यसैगरी आजै दिउँसो भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं। १ लाख ३६ हजार ८ सय मुल्य बराबरको थान कपडा,लेडिज सुट, तन्ना, लाहा छाप सेन्डो भेष्ट, थान कपडा, साडी, मोबाईल , बुफर, मेमोरी कार्ड, लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरबाट नै बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए । आज बरामद सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नवलपरासी पश्चिम प्रहरीले जनाएको छ ।








