काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








