चितवन । मोटरसाइकल चोरी गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायत जिल्लाको विभिन्न स्थानबाट मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेका हुन् ।
बारा जिल्ला करैयमामाइ गाँउपालिका वडा नम्बर ५ घरभई हाल खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी , सोहि स्थान ५ घर भई हाल भरतपुर ३ बस्ने बर्ष १९ को राकेश चौधरी , बारा केल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरीलाई पक्राउ गरेको छ ।

बरामद मोटरसाईकलको विवरण
१. ग १० प ९६०७ नं.को बजाज पल्सर २०० एन एस मोटरसाईकल (वास्तविक नम्बर ना ५३ प ९७६४)
२. प्रदेश ०३–०२–००९ प ६८२९ नं.को सेतो केटिएम २०० सि.सि.मोटरसाईकल
३. प्रदेश ०३–०३–००१ प ५२२६ नं.को २२० सि.सि. को मोटरसाईकल (पार्टपुर्जा खोलेको अवस्थामा)
वेवारिसे अवस्थामा फेला परेका मोटरसाइलकहरुः
१. बा.५६ प. ५९९५ नं को २०० सि.सि. को केटिएम मोटरसाईकल
२. ना.१८प. ६३२ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकल
३. प्रदेश ३–०३–००१प ३४९६ नं. को १५० सि.सि. मोटरसाइकल
४. बा.८१प. ५११४ नं. को २२० सि.सि. को पल्सर मोटरसाइकल

उनीहरुको साथबाट चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी , सोहि स्थानको बर्ष २८ को अमित चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । त्यस्तै मोटरसाइकल चोरी गर्ने भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने बर्ष २६ को दिनेश गुरुङ र भरतपुर ११ बस्ने बर्ष २५ को मनोज दराईलाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले जानकारी दिए ।
चोरी भएका मोटरसाइकलहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ हो । प्रहरी आफ्नै ग्राहक बनेर समेत चोरहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक गुरुङले बताए ।मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाइएको उनले बताए । प्रहरी उपरिक्षक गुरुङले प्रविधिको उच्चतम प्रयोग गरी चोरी कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न लागिपरेको बताए ।









