• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिद्धीका रामजी चेपाङलाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले सिद्धीका एक चेपाङ विद्यार्थीलाई आवाससहित नि:शुल्क पढाउने भएको छ ।

    स्कुलले कालिका नगरपालिका १० छेरवाङका रामजी चेपाङलाई कक्षा ११ र १२ मा बायो साईन्स पढाउने भएको हो । आर्थिक अवस्था निकै कमजोर भएको कारण रामजीलाई स्कुलले नि:शुल्क पढाउने निर्णय गरेको प्राचार्य ईन्दिरा कार्कीले बताउनुभयो ।

    स्कुलले कक्षा ११ र १२ मा नि:शुल्क तथा दुई वर्षको आवासको जिम्मा प्राचार्य कार्कीले लिनुभएको छ । रामजीलाई कक्षा ११ र १२ मा अध्ययनका क्रममा लाग्ने आवसको सम्पूर्ण व्यवस्थापन आफूले गर्ने प्राचार्य कार्कीले बताउनुभयो ।

    स्कुलले केही समय अघि मात्रै सिद्धीमा यो घोषणा गरेको थियो । सोही अनुरुप रामजीलाई आज (आइतबार) विद्यालयमा उपस्थित गराएर उनको अध्ययनको व्यवस्थापनको काम सुरु गरिएको प्राचार्य कार्कीले बताउनुभयो । ‘हामी एउटा सहयोग लिएर सिद्धी पुगेका थियौं । सोही समयमा त्यहाँका विद्यार्थीहरुको अवस्था देखेर हामी भावुक भयौं । एक जनालाई हामीले ११ र १२ नि:शुल्क पढाउने बाचा गरेका थियौं । आज त्यो बाचा पुरा गरेका छौं’, प्राचार्य कार्कीले भन्नुभयो ।

    आर्थिक अवस्था कमजोर भएकै कारण रामजी जस्ता विपन्न विद्यार्थी शिक्षाबाट बन्चित हुन नहुने उहाँको भनाइ थियो । उहाँले सबैले सहयोग गरे यस्ता विपन्न होनाहार विद्यार्थीहरुले शिक्षा पाउने बताउनुभयो । ‘आर्थिक अवस्था नाजुक भएकै कारण यस्ता विद्यार्थीहरु शिक्षाबाट बन्चित हुनुहुन्न । सबैले सहयोग गर्न जरुरी छ’, उहाँले भन्नुभयो ।

    रामजीले हालै मात्र श्री राष्ट्रिय मावि मजवाङबाट २.८ जिपिएसहित एसईई उतिर्ण गरेका हुन् । उनले सिद्धी स्थित चेपाङ सिद्धी छात्राबासमा बसेर एसईईसम्म अध्ययन गरेका हुन् । त्यहाँबाट ४ जना विद्यार्थीले एसईई उतिर्ण गरेको छात्रावासका संस्थापक अध्यक्ष भरत चेपाङले जानकारी दिनुभयो । ती मध्य रामजीले उत्कृष्ट नतिजा ल्याएको उहाँले बताउनुभयो । रामजीलाई आवाससहित नि:शुल्क पढाउने ग्रीनल्याण्डको निर्णयले चेपाङ समुदायलाई नै खुशी बनाएको उहाँको भनाइ थियो । उहाँले स्कुल परिवार र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    रामजीले आफूले चाहेको बिषय नि:शुल्क पढ्न पाउँदा खुशी लागेको बताउनुभयो । यसलाई आफ्नो जीवनको नयाँ सुरुवातको रुपमा लिएको उहाँको भनाइ थियो । नि:शुल्क अध्ययन र आवासको व्यवस्थापनका लागि उहाँले स्कुल र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो । यो अवसरलाई सदुपायोग गर्दै मेहेनत गरेर अध्ययन गर्ने उहाँको भनाइ थियो ।

    रामजीलाई नि:शुल्क अध्ययनका लागि समाजसेवी रत्ननगर १० निवासी ज्ञानेन्द्रराज पाण्डेले सहजिकरण गर्नुभएको हो । स्कुलले गत बाल दिवसमा छात्रावासका ६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको थियो । सोही क्रममा रामजीलाई नि:शुल्क पढाउने घोषणा भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.