• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण: कृषि मन्त्री श्रेष्ठ

  •   मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालिनमा दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज शुभकामना मन्तव्य राख्नै मन्त्री श्रेष्ठले मेला महोत्सवमा आयोजना हुने सांस्कृति कार्यक्रम र स्टलहरुमा मौलिकता झल्किने गरेको बताउनुभयो । स्थापनाको हिसाबले नवलपुर कान्छो जिल्लाको रुपमा रहेको भए पनि यसले कृषि, पर्यटन र उद्योग क्षेत्रमा सम्भावना बोकेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

    गण्डकी प्रदेश हिमाल, पहाड र तराईको संरचना मिलेर बनेको भन्दै उहाँले यहाँ धेरै सम्भावनाहरु रहेकाले हामी उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुको विदेश पलायन हुने क्रम रोक्न सरकारले विशेष कार्यक्रम बनाइरहेको बताउनुभयो । मन्त्री श्रेष्ठ युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्नेगरी कार्यक्रम निर्माण गरिरहेको बताउनुभएको हो । “हामी तीन वटै तहका सरकारको अधिकार क्षेत्रभित्र कृषि, सहकारी पर्ने भएको हुँदा हामी योजनाहरु बनाउँदै अगाडि बढिरहेका छौँ” उहाँले भन्नुभयो, “अब हामी सबैजना विकासमा जोडिनुको विकल्प छैन, त्यसैले कृषिबाट समृद्धि ल्याउन अगाडि बढ्दैछौँ ।”

    नवलपुरमात्रै नभएर गण्डकी प्रदेश नै कृषि र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएको भन्दै कृषिलाई समेत पर्यटनसँग जोड्ने गरी काम हुने उहाँले बताउनुभयो । सरकारले लिएको तीन खम्बे अर्थनीतिअनुसार सहकारी, सरकारी र निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै अगाडि लगिने मन्त्री श्रेष्ठको भनाइ छ । कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । उहाँले आज नवौँ दिनसम्म आइपुग्दा महोत्सवको करिब एक लाख जनाले अवलोकन गरेका भन्दै महोत्सवस्थलमा कृषिसँग सम्बन्धित ५० वटा स्टल निःशुल्क उपलब्ध गराएको बताउनुभयो ।

    महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव मूल समिति संयोजक भट्टचनकाअनुसार दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    महोत्सवका सांस्कृतिक कार्यक्रमका सहसंयोजक किशोर लम्सालले आज मंगलबार महोत्सवमा कलाकार अस्मिता अधिकारी, रवि रिमाल, ममता गुरुङ, प्रतिभा गैरेलगायतले प्रस्तुती राखेका बताउनुभयो । यसैबीच, भोलि बुधबार महोत्सवमा चर्चित गायिका ज्योति मगर, सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.