• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. बिचौलियाको मारमा किसान

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

माछाका भुराको माग उच्च

  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।

    उहाँले भन्नुभयो, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्रीवितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको सङ्ख्या बढ्दो छ ।” निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपारसी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, कास्की र कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो । गत वर्ष केन्द्रले चारदेखि सात दिनका माछाका भुरा सात करोड, एक महिनाका भुरा एक करोड दुईदेखि तीन महिनामा छ लाख बिक्री गरेको थियो ।

    अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्री हुने उहाँले बताउनुभयो । नैनी र रघु जातका चारदेखि सातदिने भुरालाई एक लाखको रु दुई हजारमा र अन्य प्रजातिलाई रु दुई हजार पाँच सयमा बिक्री गर्दै आइएको दाहालले बताउनुभयो । एक महिनाका माछाका भुरालाई रु २५ पैसा र दुईदेखि तीन महिनाका भुरालाई ७५ पैसा प्रतिगोटामा बिक्री गरिएको छ । केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनी, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरेर बिक्री गर्दै आएको छ । माछाका भुरा वर्षभरि नै बिक्रीवितरण गरिने गरेको दाहालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्रीवितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्रीवितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्रीवितरण गर्न थालेको हो । अहिले माछाका भुराको माग बढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार केन्द्रले भुराको मागअनुसार लक्ष्य बढाउँदै लगेको छ ।

    लक्ष्य बढाउनुपर्ने तर दक्ष कामदारको अभावमा सीमित कामदारबाट काम लगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्नसके माछाको आयात कम हुने उहाँले जानकारी दिनुभयो । केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रीवितरणबाट मात्रै रु ७६ लाख राजस्व सङ्कलन गरेको थियो । अहिले भुराको मागअनुसार राजस्व बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.