काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई म्याद थपको लागि अदालत लगिएको छ। यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि पुन म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।
गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि उनी पक्राउ परेका थिए ।
साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ ।








