काठमाडौं । मौसम पूर्वानूमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ । यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








