• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पीडितको उपचारमा संघसंस्थाको एकमुष्ठ सहयोग

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । अस्पतालको बेड, नाजुक अवस्थामा लम्पसार एक महिला । रोगले गलाएको शरिर । आँखामा आँसु सुकेको छ । अनुहारको तेज उडेको छ । रोगसंगै श्रीमानले दिएको पीडाबाट प्रताडित छिन् । चितवनका प्रहरी प्रमुख गौतम मिश्र सहित जिल्ला स्थित सरोकारवालाहरु उनको अवस्थाबारे बुभ्दै हुुनुहुन्थ्यो ।

    खैरहनी नगरपालिका वडा नम्बर १० घर भएकी अमृता माझि नाम बताउने उनले आफुलाई रोग लागेपछि श्रीमानले दैनिक रक्सी खाने र कुटपीट गर्ने गरेकाले पीडामाथि पीडा थपिएको बताइन् । धेरै कुटाई पीटाई खाए । आर्थिक अवस्था नाजुक थियो उपचारको लागि पैसा थिएन । मलाई करिब डेढ बर्ष अघिदेखि रोग लागेको हो । पहिले गाउंकै मानिसले चन्दा उठाएर केही सहयोग गर्नुभएको थियो । फेरी थलिए । पैसाकै अभावमा समयमा औषधीउपचार पनि पाइन । गाउंकै एक जना दिदी (वडासदस्य गेयान्सी पासवान) ले थाहा पाएर यहाँ अस्पतालसम्म ल्याउन सघाउनुभएको हो ।

    डाक्टरले फोक्सोमा पानी जमेको भनेका छन् उनले भनिन् उपचारमा कति समय लाग्ने हो केही थाहा छैन । उनलाई करिब डेढ बर्ष अघिदेखि रोग लागेको विचमा चन्दा उठाएर उपचारमा सघाएको वडासदस्य पासवानले जानकारी दिनुभयो । हालैमात्र पनि उनका श्रीमानले विरामी श्रीमतीलाई कुटपीट गरि कान्छी लिएर हिडेपछि आफु र गीता माझिले खैरहनी नगरपालिकाको सहयोगमा एम्बुलेन्सको व्यवस्था गरि अस्पतालसम्म ल्याएका उनको भनाई थियो ।
    अमृताको सानै उमेरमा गाउंकै मगरा माझि संग विहे भएको हो । अहिले ७ बर्षकी छोरी छिन् । आफु रोगी भएर अस्पतालमा बस्दा श्रीमानले अर्की लिएर हिडेको थाहा पाएकी उनलाई थप पीडा थपिएको छ । उनको पीडामा मलम लगाउन आज जिल्लास्थित सरोकार राख्ने संघसंस्था अस्पतालमा पुगेका छन् । उनको नाजुक अवस्थाबारे थाहा पाएपछि अधिकारकर्मी मीना खरेलले यसै क्षेत्रमा काम गर्ने संघसस्थासंग समन्वय गरि उनलाई सहयोग गर्ने वातावरण बनेको हो । लैगिंक हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान चलिरहदाँ विशेषगरि घरेलु हिंसा, लैगिंक हिंसा, मानववेचविखन विरुद्धको अभियानयानलाई नेतृत्व लिएर काम गरिरहेका महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु एक भई यो दिवसलाई प्रभावकारी बनाउनुपर्ने खरेलको भनाई छ ।

    जिल्लामा क्रियाशिल करिब १ दर्जन संघसस्था मिलेर आज भरतपुर अस्पतालमा उपचाररत हिंसाप्रभावित महिला अमृतालाई नगद, खाद्यान्न र लत्ताकपडा सहयोग गरे । चितवनका प्रहरी प्रमुख गौतम मिश्रको प्रमुख उपस्थितीमा जिल्लामा क्रियाशिल संघसस्थाहरु विशेषगरि आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपाल, मन्जुश्री असहाय संरक्षण केन्द्र, आफन्त नेपाल, चेली नेपाल, इनरह्वील क्लब अफ भरतपुर सिटि,चितवन मानव सेवा आश्रम,पुतलीबजार महिला समुह, अधिवक्ता फुलमाया रानाभाट, लैगिंक हिंसा निवारण कोषका कोषाध्यक्ष रितु गिरि सहितले संस्थागत र व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

    अभियानमा जोडिरहदाँ हिंसाकै कारण उपचार नपाएर कोही पनि महिलाले ज्यान गुमाउन नपरोस् भनेर सहयोग गरिएको अधिकारकर्मी मन्जु खाँडले बताइन् । उनको उपचार निशुल्क गर्न भरतपुर अस्पताल प्रतिवद्ध रहेको अस्पतालका प्रवक्ता गोपाल पौडेलले बताउनुभयो । चितवनको प्रहरी प्रमुख गौतम मिश्रले सामाजिक संघसंस्थाले आफ्नो खर्च कटाएर हिंसापीडित विरामीको उपचारमा गरेको सहयोगको प्रंससा गर्दै संघसस्थाले पीडीतको घाउमा मलपट्टी लगाउन खेलेको भुमिका सह्राहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका, भरतपुर अस्पताल र एकद्धार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)को पनि समन्वय रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.