• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एभरेष्ट साकोस : पच्चीस सदस्यबाट सत्र वर्षमा बत्तीस सय पुगे

  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले १७ वर्षको अवधिमा करिब ३२ सय शेयर सदस्य पु¥याएको छ । विसं २०६४ चैत १४ मा २५ जनाबाट सुरु भएको सहकारीमा अहिले तीन हजार एक सय ८० जना शेयर सदस्य पुगेका हुन् ।

    शुक्रबार भरतपुर–२ स्थित दियालो फुडल्याण्डमा भएको सहकारीको १७औँ वार्षिक साधारणसभाका क्रममा अध्यक्ष बालगोपाल चुकेले प्रति सदस्य ५० हजार रुपैयाँका दरले जम्मा १२ लाख ५० हजार रुपैयाँ जम्मा गरेर सुरु भएको सहकारीको जारी शेयर पुँजी १० करोड रुपैयाँ तथा शेयर पुँजी पाँच करोड २० लाख पुगेको बताउनुभयो ।

    संस्थाले समुदायमा आधारित उत्कृष्ट, व्यवसायिक एवम् दीगो वित्तीय सहकारी संस्था परिकल्पना सहित चार वर्षे रणनीतिक योजना निर्माण गरी व्यवसायिक, सामाजिक र सदस्यमैत्री सेवाको लागि अगाडि बढिरहेको चुकेले बताउनुभयो । सहकारीमा एक हजार चार सय ३३ जना महिला शेयर सदस्य तथा एक हजार सात सय १३ जना पुरुष सदस्य एक जना संस्थागत शेयर सदस्य तथा एक हजार दुई सय ६२ जना बाल तथा खुत्रुके बचत सदस्य रहेको चुकेले बताउनुभयो ।

    संस्थासँग फिर्ता गर्न बाँकी बचत २७ करोड ७८ लाख १० हजार दुई सय ६६ रुपैयाँ, लगानीमा रहिरहेको ऋण २९ करोड ५५ लाख नौ हजार एक सय ४१ रुपैयाँ, जगेडा कोषमा पाँच करोड २७ लाख ६० हजार सात सय ८७ रुपैयाँ रहेको अध्यक्ष चुकेले बताउनुभयो । संस्थाको अन्य कोषमा एक करोड ३७ लाख ३० हजार छ सय १२ रुपैयाँ, कर्जा सुरक्षण कोषमा एक करोड ४७ लाख ७५ हजार पाँच सय रुपैयाँ तथा संस्थाको जम्मा सम्पत्ती ४२ करोड १९ लाख ६८ हजार सात सय ३७ रुपैयाँ पुगेको चुकेको भनाइ छ ।

    आज सम्पन्न साधारणसभाको प्रमुख अतिथिको रुपमा नेफ्स्कुनको लेखा समिति संयोजक इन्द्रराजज्योति पौडेल रहनुभएको थियो । पौडेलले सहकारी नीति, विधि र प्रविधिमा सञ्चालित हुनुपर्ने बताउनुभयो । आर्थिक अवस्था पारदर्शी राख्ने सहकारी संस्थाहरु कहिल्यै पनि नडुब्ने भन्दै उहाँले सदस्यहरुले आफूले जम्मा गरेको बचतको लगानी कहाँ भएको छ, ऋण कस्ता अवस्थामा छ भन्ने विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

    साधारणसभाका क्रममा सचिव मदन पौडेलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक गणेश अधिकारीले लेखा सुपरीवेक्षणको समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाका क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने सदस्य तथा कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.