काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९७ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








