• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

साढे दुई तलाको घर बेचेर कृषिमा लगानी

  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उहाँले गैँडाकोट–१८ बसेनीमा जग्गा किनेर रू दुई करोड ६५ लाख लगानी गरी टीकारत्न टुल्की कृषि फर्म सञ्चालन गर्नुभएको छ ।

    विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको हो । “यो पूरै डाँडो सबै झाडीले घेरिएको थियो”, रेग्मीले भन्नुभयो, “यहाँ घुमेर गएपछि राजमार्गसँगै रहेको साढे दुईतले घर बिक्री गरेर यहाँ लगानी गरेँ, अहिले सन्तुष्ट छु ।” यस ठाउँको झाडी सफा गर्नमात्रै एक हजार पाँच सय श्रमिक लागेका उहाँले स्मरण गर्नुभयो ।

    “लालपुर्जा भएको जग्गा भए पनि सिँचाइको अभावमा उत्पादन नभएपछि बाँझो रहेको जग्गा किनेर खेती सुरू गरेँ,” उहाँले भन्नुभयो, “मैले यहाँ उत्पादन गरेको देखेर केही व्यक्तिहरू विदेशबाट फर्किएर पनि यहीँ किसानी गरेका छन् ।” उमेरले ६६ वर्ष लाग्नुभएका रेग्मीको दैनिकी नै दिनभरि बारीमा घुम्ने र बोटबिरूवामा देखिएको समस्या समाधानका लागि काम गर्ने तथा बिरूवालाई प्रोटिन पु¥याउने काममा बित्ने गरेको छ । “पहिलो झाडीले घेरिएको यो डाँडामा अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायत फलफूलका बोटबिरूवाहरू छन्”, रेग्मीले भन्नुभयो, “अब धेरै फलफूलबाट आम्दानी लिन सुरू भइसकेको छ ।”

    उहाँका अनुसार आँप, कागती, निबुवा, सुन्तलासहित फलफूलले आम्दानी दिन सुरू गरिसके । “यस वर्ष मात्रै ५० क्विन्टल कागती काठमाडौँ पठाएँ, पाँच क्विन्टल यहीँको स्थानीय बजारमा बिक्री भयो”, उहाँले भन्नुभयो, “निबुवाबाट रस निचोरेर तीन सय लिटर चुक बनाएको छु, ५० लिटर बिक्री भइसकेको छभने सुन्तला बेचेरमात्रै रू एक लाख २० हजार आम्दानी भइसक्यो ।” रेग्मीको कृषि फार्ममा रहेका बोटमा अझै लटरम्मै पाकेका सुन्तला छन् ।

    “सुन्तला जोनले चाँडो नटिप्नु, गुणस्तर बिग्रिन्छ भनेको भएर यी सुन्तला टिपेको छैन” उहाँले भन्नुभयो, “यी पाकेका सुन्तला पुस लागेपछि टिप्न सुरू गर्ने तयारी छ ।” एउटै सुन्तलाको बोटबाट एक क्विन्टलसम्म सुन्तला टिपेको उहाँले बताउनुभयो । “सुन्तला राम्रो फलेको भएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुन्तलाको बोटमा क्रप कटिङ गर्न चिह्न लगाएर जानुभएको छ”, रेग्मीले भन्नुभयो, “सबैभन्दा बढी फलेको रूख र कम फलेको रूखमा चिह्न लगाइएको छ, केही दिनपछि कृषि प्राविधिकहरू आएर बगैँचा व्यवस्थापनको तालिम दिने जानकारी गराउनुभएको छ ।” रेग्मीको फर्ममा फलेका सुन्तला बोटबाटै बिक्री हुने गरेको भन्दै बजार खोज्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

    सुरूआती अवस्थामा यहाँ अमिला जातका फलफूल लगाउन सुन्तला जोनबाट सिँचाइमा ५० प्रतिशत अनुदान, बिरूवामा ५० प्रतिशत अनुदान, थोपा सिँचाइमा अनुदान, औजारमा समेत अनुदान पाएको रेग्मीको भनाइ छ । “पहिला पाँच सय मिटर तल रहेको खोलामा जेनेरेटरबाट विद्युत् निकालेर बोरिङबाट पानी तानेर सिँचाइ गर्दासमेत अनुदान आएको थियो”, रेग्मीले भन्नुभयो, “एक महिना अगाडि राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइपुगेपछि अहिले सिँचाइलाई सहज भएको छ ।”

    फलफूलका बिरूवाहरूमा गोडमेलसहित खर्चमात्रै वार्षिक रू १० लाख हुने गरेको भन्दै उहाँले यस वर्षबाट खर्चभन्दा आम्दानी बढी हुन लागेको बताउनुभयो । “गत वर्षसम्म लगानी गरेको पैसा पनि उठेको थिएन, बर्सेनि ४० ट्र्याक्टर त मल गाईभैँसीको मल नै हाल्नुपर्छ,” रेग्मीले भन्नुभयो, “यस वर्षबाट भने सबै खर्च कटाएर रू तीन लाख बढी बचत हुने अनुमान गरेको छु ।” रेग्मीले कृषिफर्मसँगै यहाँ आउने पर्यटकहरूका लागि खाने र बस्ने सुविधासमेत उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले १० जनासम्मलाई खान र बस्न मिल्नेगरी घरबाससमेत सञ्चालन गरेको बताउनुभयो । “यहीँ उत्पादन भएका खाना तथा स्थानीय जातको कुखुराको मासु खाएर पर्यटकहरू बस्ने व्यवस्था गरेको छु” उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न क्षेत्रबाट यहाँ आएर बस्ने गर्नुभएको छ ।” रेग्मीसँगै अन्य तीनजनाले यहाँ सुन्तला खेती सुरू गरेकामा अहिले गाउँमा धेरैले उहाँको सिको गरेका रेग्मीको भनाइ छ ।

    स्थानीय कृष्णबहादुर सारूमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीन सय ५० बोट सुन्तला लगाएको बताउनुभयो । “पानी नहुनाले अरू केही पनि खेती हुँदैनथ्यो, अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको छ”, सारूमगरले भन्नुभयो, “सुन्तला बिक्री गर्न टाढा जानु पर्दैन, गाउँघरमै आएका मान्छेले लिएर जान्छन् ।” उहाँले आफ्नो बारीको सुन्तलासँग धान साट्ने गरेको समेत बताउनुभयो ।

    विसं २०७७ बाट सुन्तला लगाउन सुरू गरेको भन्दै उहाँले आफूले लगाएको सुन्तलाले भरखरै उत्पादन दिन सुरू गरेको बताउनुभयो । “यसपटक दुई टिप सुन्तला बिक्री गरेँ, सुन्तला बिक्री गर्दा पैसाभन्दा पनि धान लिने गरेको छु, उत्पादन धेरै हुन थालेपछि पैसामा बिक्री गर्नुपर्ला” उहाँले भन्नुभयो । सुन्तलाखेती गर्दा कृषि विकास कार्यालयबाट औषधि र बिरूवामा अनुदान पाएको उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.