• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गैँडाकोटको पहाडी गाउँमा वैकल्पिक आम्दानीको स्रोत बन्दै अम्रिसो

  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । गैँडाकोट–३ र १८ का किसानले लगाएको अम्रिसोले भू–क्षय तथा पहिरो रोकथाम हुनुका साथै वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको हो । गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरीमगरले भिरालो जमिनमा अम्रिसोखेती गर्ने किसानहरू बढ्दै गएका भन्दै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । वडाका दमार, बसेनीलगायत स्थानका किसानले सिँचाइ अभाव भएका क्षेत्रमा वैकल्पिक रूपमा अम्रिसोखेती गरिरहेका छन् ।

    “सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन”, उहाँले भन्नुभयो, “अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।” अम्रिसोखेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरीमगरले जानकारी दिनुभयो । अम्रिसोमा मेहनत बढी नपर्ने र आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपाजर्नमा वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको उहाँले बताउनुभयो । “अम्रिसोबाट घर सफा गर्ने कुचो बनाएर बिक्री गरिने हुँदा बजारको अभाव छैन”, वडाध्यक्ष चितौरीमगरले भन्नुभयो, “नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बङ्गलादेशसम्म यहाँको अम्रिसोको कुचो पुग्ने गरेको छ ।”

    कृषक लेखबहादुर आलेले अम्रिसो खेतीबाट आएको आम्दानीले जीविकोपार्जनमा सहजता भएको बताउनुभयो । सिँचाइ अभावले बारीमा खेतीबाली कम हुने भन्दै उहाँले अम्रिसो गाई बाख्रालाई घाँसका रूपमा प्रयोग हुनुका साथै फुलेपछि कुचो बिक्री गरेर आम्दानी लिन सकिने बताउनुभयो । यहाँका पहाडी क्षेत्रमा अधिकांश किसानले अम्रिसोलाई आम्दानीको वैकल्पिक माध्यम बनाउने गरेका आलेले उल्लेख गर्नुभयो । “अम्रिसो खेतीमा हामीलाई दोहोरो फाइदा छ, पशु चौपायाका लागि घाँस खुवाउन पाइन्छ, कुचो बनाएर बेच्न पाइन्छ साथै पानी पर्दा माटो कटानसमेत रोकिन्छ”, उहाँले भन्नुभयो, “कुचो बिक्री गर्न पनि समस्या छैन, कसैले चामलसँग र कसैले पैसामा कुचो बिक्री गर्ने गरेका छौँ ।” गैँडाकोट–१८ मा धानखेती नहुने भएकाले किसानले धानसँग कुचोसमेत साट्ने आलेको भनाइ छ ।

    “पहाडी क्षेत्रमा धानखेती कम हुन्छ । भएको खेतमा लगाएको धानले केही महिना मात्रै खान पुग्छ”, उहाँले भन्नुभयो, “यहाँका कतिपय किसानले सामूहिक रूपमा पनि अम्रिसोखेती गर्दै आएका छन् ।” गैँडाकोट–३ भुजेल बस्तीका युगबहादुर सारुले वार्षिक रु ५० हजार बढीको अम्रिसो बिक्री हुँदै आएको बताउनुभयो । “घरमा आउनेलाई पैसामा बिक्री गर्छौं, गाउँतिर लिएर गयौँ भने धानसँग साटेर आउँछौँ”, उहाँले भन्नुभयो, “धान उब्जनी नभए पनि अम्रिसोसँग साटेर धान ल्याउन पाइन्छ ।” गाउँको भिरालो जमिन अम्रिसो खेतीले भरिएको भन्दै सारुले अहिले अम्रिसो फुल्न सुरु भइसकेको जानकारी दिनुभयो ।

    केही वर्ष अघिसम्म झाडीले भरिएका डाँडोमा अम्रिसोखेती सुरु भएपछि डाँडा पनि हरियाली भएका उहाँले उल्लेख गर्नुभयो । गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको पहाडी क्षेत्रमा केही समुदायले कबुलियत वनमा अम्रिसोखेती गरिरहेका बताउनुभयो । “कतिले हामीमार्फत खेती गर्नुभएको छ, कति कृषकले सिधै सबडिभिजन वन कार्यालयमार्फत खेती गर्नुभएको छ”, उहाँले भन्नुभयो, “अन्नबाली नफल्ने भिरालो जमिनमा लगाइएको अम्रिसोबाट स्थानीयले आम्दानी गर्नुका साथै पहिरोको जोखिम न्यूनीकरणमा सहयोग पुगेको छ ।”

    अम्रिसोखेती गर्ने किसानलाई पालिकाले आर्थिक अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको शर्माले बताउनुभयो । प्रत्येक वर्ष मनसुन सुरु हुने बेलामा अम्रिसोको बिरुवा लगाउने, मङ्सिरमा फूल्ने र चैतसम्म काटेर बजार पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकासँगै सबडिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । प्रत्येक वर्ष पहाडी क्षेत्रमा अम्रिसोखेती गर्ने कृषक र क्षेत्रफल बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.