• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हंस सहकारीले मनायो १५औं वार्षिकोत्सव

  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा सदस्य सम्मानसहित खुल्ला रक्तदान कार्यक्रम बिहीबार नारायणगढमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा २८ जना महिला सहित ११५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष चुकेले आर्थिक क्रियाकलाप मात्र नभई संस्थाले सामाजिक दायित्व पनि सफलतापूर्वक निभाउँदै आएको बताए । उनले हंसले सदस्य र समुदायप्रतिको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको जानकारी गराए ।

    कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले सहकारीको यस्तो मानवीय र सामुदायिक प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

    चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरेले सहकारीहरूले आर्थिक विकाससँगै समाजसेवामा पनि अग्रसर हुनुपर्नेमा जोड दिए । सहकारी तथा रोजगार प्रवद्र्धन शाखा, भरतपुरका शाखा अधिकृत रोजी के.सी.ले सहकारीको योगदानका कारण समुदायले ठोस लाभ लिइरहेको तथ्य प्रस्तुत गरिन्। चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भिष्म प्रसाद खनालले सहकारीहरूले आगामी दिनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे । जिल्ला सहकारी संघ, चितवनका सञ्चालक बालकुमार श्रेष्ठले वर्तमान अवस्थामा सहकारीको सफलतामा सदस्यहरूको सक्रियताको भूमिका रहेको बताए ।

    कार्यक्रम सञ्चालन गर्दै संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहकारीका सदस्यहरूको योगदानको प्रशंसा गर्दै वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । उनले सहकारीले सामुदायिक विकास र सदस्यहरूको जीवनस्तर उकास्न निरन्तर योगदान दिँदै आएको उल्लेख गरे । कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका कार्यवाहक प्रमुख भरत बिक, भरतपुर महानगरपालिका वडा नं . १२ का वडाध्यक्ष लेखराज पन्त, भरतपुर महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण ढकाल, नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    संस्थाको १५ औं वार्षिकोत्सवको अवसरमा संस्थामा उत्कृष्ट बचत कारोबार गर्ने ३४ जना, उत्कृष्ट ऋण कारोबार गर्ने १८ जना, बाल बचतकर्ताहरू ७ जना, ८० वर्ष पूरा गरेका १७ जना ज्येष्ठ सदस्य, विद्यावारिधि उपाधि हासिल गरेका ५ जना तथा २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.