• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पथरी ।आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हँुदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन् । सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन । पछिल्लो समय पथरी शनिश्चरे–३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन् । यहाँ रहेको ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन् ।

    समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै सुरु गरेको जनाएको छ । समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् ।

    विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी । सँगिनी परापूर्वकालदेखि महिलाका सुखदुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका बेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताउनुहुन्छ, समूहकी अध्यक्ष देवीमाया पोखरेल । ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उहाँको भनाइ छ । झन्डै डेढ दशकअघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताउनुभयो । अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पु¥याएको उहाँ बताउनुहुन्छ ।

    कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे–३ का शिक्षक  खगेन्द्र लुइँटेलको भनाइ छ । “पहिले मान्छेहरू टाढाटाढाबाट बालन र सँगिनी नाच हेर्न पुग्थे । विशेषगरी बिहे, पूजा, पुराण समारोह, उत्सव आदिमा सँगिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए”,उहाँले स्मरण गर्नुभयो,“पछिल्लो समय भने यसको संरक्षण र पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा थियो । विगत पाँच वर्षदेखि स्थानीय महिला दिदीबहिनीहरू संरक्षणमा जुटेपछि अचेल भने महत्वपूर्ण उत्सवमा नाच्न थालिएको छ । यो निकै सराहनीय काम हो ।” चौध वर्षअगाडि भजनकीर्तन गर्न बनेको समूहले त्यसका साथै लोप हुँदै गरेको सँगिनीको पनी संरक्षण गर्नुपर्छ भनेर पाँच वर्षदेखि सँगिनी प्रशिक्षणका साथै ठाउँठाउँमा नृत्य देखाउँदै आएको सञ्चारकर्मी अर्जुन काफ्लेले बताउनुभयो ।

    “यहाँ सँगिनी प्रशिक्षण र नाच देखेर अघिल्लोपटक स्थानीय तहले समेत आर्थिक सहयोग गरेको थियो । यसको महत्व विस्तारै बुझ्न थालिएको छ । पथरी शनिश्चरे–४ र ८ मा पनि सिको गर्न थालिएको छ, यो राम्रो कुरा हो”, उहाँले भन्नुभयो । सामूहिक रूपमा सुरुआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “यसले हामीलाई हाम्रो संस्कारबारे थप जान्ने मौकासमेत मिलेको छ । पश्चिमा संस्कृतिको प्रभावका बीच सँगिनी नाच के हो भनेर हाम्रो पुस्तालाई चिनाउन ठूलो मद्दत मिलेको छ ।”

    पथरी शनिश्चरे–३ शान्तिटोलका ३५ परिवार यो कार्यमा सहभागी छन् । समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ । समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताउनुभयो । प्रशिक्षक ६८ वर्षीया नर्वदा खतिवडा मौलिक तथा परम्परागत नाचका रूपमा नाच्दै आएको सँगिनी विस्तारै हराउँदै गएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको बताउनुहुन्छ । समूहले नाच संरक्षणका लागि आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तामा सिकाउने भनेपछि आफू पनि सिकेको सीप सिकाउन नियमित रूपमा समूहमा आउने गरेको उहाँले बताउनुभयो ।

    “हराउँदै गएको मौलिक संस्कारसहितको परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तातरण हुन जरूरी छ । यदि यसो नगर्ने हो भने यस्ता संस्कार र संस्कृति एकादेशको कथा हुनसक्छन् । त्यसैले मौलिक संस्कार बोकेका सँगिनी र बालनलाई महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहले जस्तै राज्यबाट आवश्यक सहयोग हुन आवश्यक छ”, खतिवडाको कथन छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.