• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पत्रकार भुपराज पाठकको उपचारका लागि एक्सपर्टद्धारा ५० हजार सहयोग

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सामान्यतया कार्यक्रमको उद्घाटनमा बत्ती बालिन्छ वा बिरुवामा पानी हालिन्छ वा कहिलेकाहीँ ब्यानर पढेर पनि उद्घाटन गरिन्छ । तर, भरतपुरमा रक्तक्यान्सर रोगसंग लडिरहेका पत्रकारलाई आर्थिक सहयोग गरेर एक कार्यक्रमको उद्घाटन गरिएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले ‘एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा पत्रकार भुपराज पाठकको उपचारमा नगद ५० हजार रुपैयाँ सहयोग गर्दै कार्यक्रमको समुद्घाटन गरिएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो ।

    उक्त कार्यक्रमको औपचारिक उद्घाटनका क्रममा अन्य नियमित प्रक्रिया र स्वरुपलाई परिवर्तन गर्दै सहयोग रकम उपलब्ध गराएर कार्यक्रमको उद्घाटन गरिएको एक्सपर्ट चितवनका विजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले बताउनु भयो । सहयोग रकम बुझ्दै रक्तदाता अभियन्तासमेत रहनुभएका न्यौपानेले एक्सपर्टले परोपकारी काममा सहकार्य गरेर आफ्नो गरिमालाई उच्च बनाएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा बोल्दै सहयोग समितिका अर्का उपाध्यक्ष लम्सालले एक्सपर्टको सहयोग मानव जीवनलाई सिँचाइ भएको बताउनु भयो । ‘रिबन काटेर, मैनबत्ती बालेर, बिरुवामा पानी हालेर कार्यक्रमहरु उद्घाटन गरिन्छन् ।

    तर आज एक्सपर्टले अस्पतालको सैय्यामा रहेको बिरामीको जीवनमा पानी हालिदिएको छ । उसको बाँच्ने आशालाई जीवित बनाएको छझ, लम्सालले भन्नुभयो–‘यो अमुल्य सहयोगका निम्ति एक्सपर्ट परिवार प्रति कृतज्ञ छौँ ।’ भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ । रक्तक्यान्सर प्रभावित पाठकको उपचारका लागि सानै भए पनि सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनु भयो । यस्तै एनुअल अवार्ड नाइट कार्यक्रममा विभिन्न विद्यामा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

    एक लाख राशीको टप पर्फमिङ अवार्ड भरतपुर बेस क्याम्पबाट रमेश सापकोटा र रत्ननगर शाखाबाट उषा आचार्य पुरस्कृत हुनु भयो । त्यस्तै ५० हजार राशीको क्लाइन्ट केयर च्याम्प अवार्ड बेस क्याम्पकै रमेश सापकोटा, २० हजार राशीको राइजिङ स्टार अवार्ड बेसक्याम्पकी रविन्सा श्रेष्ठ, २० हजार रुपैयाँ राशीकै दि डिजिटल प्रोमोटर अवार्ड पर्सा शाखाका विकल अर्याल, ग्रोथ पाइनियर अवार्ड पर्सा शाखाकै मोनिक पौडेल, दि प्रोग्रेस एक्सिलेटर अवार्ड हेटौंडा शाखाकी सुरक्षा घिमिरेले प्राप्त गर्नुभयो । त्यसैगरि पारिवारसहित वैदेशिक भ्रमणका लागि सर्कल अफ एक्सीलेन्सी अवार्ड भरतपुरकै आशिष कर्माचार्य र मिना सुवेदीले प्राप्त गर्नुभयो ।

    यस्तै सिंगल वैदेशिक भ्रमणका लागि लङ हउल अवार्ड बेस क्याम्पका उमा गुरुङ, अजय थापा, प्रतिक थापा, झलक शर्मा, रमेश सापकोटा, हेटौंडा शाखाका सागर लामिछाने, कावासोती शाखाका कृष्ण भुषाल र पुष्पा तिवारीले प्राप्त गर्नुभयो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसँगै आइइएलटिएस/पीटीइ कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.