• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहनेछन् । सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

    सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ । सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने रहेको दिक्तेल नगरपालिकाका तीर्थराज भट्टराईले जानकारी दिनुभयो । बाँस खेती गर्ने किसानको प्रवर्द्धनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको नगरप्रमुख भट्टराईले बताउनुभयो । सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्ने उहाँले जानकारी दिनुभयो ।

    सम्मेलनमा बाँस विज्ञको प्रस्तुतीकरण गरिने, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरूको स्टल प्रदर्शन गर्ने, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक गणेश साहले जानकारी दिनुभयो । सम्मेलनको पूर्वतयारीका लागि यही पुस १४ गते कोशी प्रदेशको इटहरीमा, पुस १५ गते मधेश प्रदेशको जनकपुरमा, पुस १६ गते बागमतीको हेटौँडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)मा प्रादेशिक कार्यक्रमहरू गर्ने उहाँले बताउनुभयो । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । बाँस एक बहुउपयोगी वनस्पति हो ।

    यसको मानव जीवन र जनजीविकासँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उहाँले ग्रामीण क्षेत्रमा आवश्यकता र सहरी क्षेत्रमा सौखका कारण पनि बाँसका सामग्रीहरूको प्रयोग बढ्दै गएको बताउनुभयो । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपाल जस्तो पहाडी तथा संवेदनशील भूबनोट भएको देशमा भू तथा जलाधार संरक्षण, कम खर्चिलो तथा दिगो भूकम्पमैत्री निर्माण, पर्यावरणीय शुद्धीकरण र व्यावसायिक वृद्धिलगायत दृष्टिकोणले बाँसको महत्व अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

    ग्रिन बाम्बो क्रियसन प्रालीका प्रबन्ध निर्देशक प्रणव प्रधानले बाँस प्रजातिको संरक्षण, प्रवर्द्धन र उपयोगितालाई उजागर गर्दै बाँसका उत्पादनहरूको विविधीकरण, प्रयोगलाई गुणात्मक रूपमा अभिवृद्धि गर्न, बाँस केन्द्रित राष्ट्रिय नीति–निर्माण, योजना तथा कार्यक्रम सञ्चालन गर्न, सीप र प्रविधि विकासको अभिवृद्धिलगायत विषयहरूलाई लक्षित गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । नेपालमा बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति उपलब्ध छन् । बाँस र बाँसजन्य सामग्रीहरू विशेषगरी आयस्तर कम भएका नागरिकहरूको जीवनयापनका लागि महत्वपूर्ण आधारका रूपमा रहँदै आएका छन् । यसका अतिरिक्त बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएको छ ।

    नयाँ पुस्तालाई प्रकृतिसँग सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण र दिगो विकासको मूल प्रवाहीकरणमा लैजाने, बाँससँग सम्बन्धित किराँतलगायत धार्मिक, पौराणिक कलासंस्कृति र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न, बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रवर्द्धन र बजारीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पुर्‍याउन सम्मेलनले मद्दत गर्ने आयोजकले विश्वास लिएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.