• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अङ्कुरम् एकेडेमीको सिआरएस क्लबद्वारा पिटुसिटूमा विविध सामग्री हस्तान्तरण

  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको सिआरएस क्लबले बुधबार भरतपुर–५, कल्याणपुरमा रहेको ‘बालबालिकाहरूका लागि प्रहरी–नागरिक अभियान’ (पिटुसिटू)मा आश्रित २९ जना बालबालिकाहरूका लागि विविध शैक्षिक, लत्ताकपडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले ‘आजका बालबालिका भोलिको भविष्य’ भएकोले उनीहरूको उज्ज्वल भविष्य निर्माणको जिम्मेवारी राज्यकै भएपनि नागरिकस्तरबाटै सहयोग हुनुपर्ने धारणा राखे ।

    निर्देशक चौधरीले आजको हाम्रो सानो सहयोग भोलि ठूलो रूपमा हामीतिरै फर्किन सक्ने बताउँदै यो अभियानलाई यत्तिमै सीमित राख्न नहुने र अभियानको सफल सञ्चालनका लागि सहकार्य गर्न आफू इच्छुक रहेको बताए । बालबालिकालाई सफलताको कथा सुनाउँदै निर्देशक चौधरीले कुनै पनि अवस्थामा अध्ययन नछोड्न अनुरोध गर्दै उत्प्रेरणासमेत प्रदान गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले सडक बालबालिकाको उद्धार तथा उत्थानपछि तिनीहरूको संरक्षण–सम्वद्र्धनका लागि पिटुसिटू बरदान साबित भएको तर संस्था सञ्चालनका लागि थुप्रै समस्या रहेको बताए ।

    मुख्यतः संस्था सञ्चालनको लागि स्रोतको कमी रहेको बताउँदै उनले नागरिकसँगको सहकार्यमा संस्था सञ्चालन सहज हुने बताए । विद्यार्थीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै डिएसपी रिजालले भविष्यमा समेत सहयोगको अपेक्षा रहेको बताए । महिला, बालबालिका तथा अशक्तहरूका लागि कानुनअनुसार नै लचिलो हुनुपर्ने बताउँदै उनले महिला, बालबालिका, वृद्धवृद्धाहरूको अधिकार प्राप्तिको हकमा होस् या दण्ड–सजायको लागि होस् कानुनअनुसार नै उनीहरूका लागि केही हदसम्म प्रहरी लचिलो हुनुपर्ने व्यवस्था रहेको बताए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्राचार्य सुमन पौडेलले शिक्षा र समाज फरक चीज नभएको र यी दुवै सँगसँगै हिंड्ने बताए । अङ्कुरम् एकेडेमीको आदर्श वाक्य नै ‘जीवनका लागि विद्यालय’ रहेको र विद्यालयबाहिर पनि शिक्षा रहेको उनले बताए ।

    उनले हरेक व्यक्तिको सामाजिक उत्तरदायित्व हुने र सोको बोध गरी यस्ता सामाजिक काममा गोलबद्ध हुन विद्यार्थीलाई आग्रह गरे । सामाजिक क्रियाकलापमा अझ धेरै व्यक्तिहरूलाई समेटी यसको दायरा बढाउनु पर्ने उनको जिकिर थियो । कार्यक्रमको समग्र संयोजन गरेका विद्यालयका +२ निर्देशक डा. रघुनाथ धितालले अङ्कुरम् एकेडेमीले स्थापना कालदेखि नै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै आएको र शिक्षाको मुख्य उद्देश्य नै सामाजिक हुन सिकाउनु रहेको बताउँदै विद्यार्थीहरूलाई समाजतिर फर्केर योगदान गर्न सक्ने बनाउन विविध क्रियाकलाप सञ्चालन गर्दै आएको बताए ।

    उनले विद्यालयबाहिर शिक्षाको ठूलो क्षेत्र रहेको बताउँदै विद्यार्थीलाई व्यवहारिकतामा शिक्षाको कार्यान्वयन गर्नसक्ने बनाउन आगामी दिनमा समेत यस्ता क्रियाकलापले निरन्तरता पाउने बताए । विद्यालयको ‘कोअपरेटिभ सोसल रेस्पोन्सिबिलिटी क्लब’मार्फत सामग्री वितरण गरिएको र सोका लागि विद्यालयमा क्रियाशील दर्जनौँ क्लबहरूमध्ये सिएसआर क्लबमा आबद्ध विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबापतको रकम बचाएर उक्त सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष आविष्कारजङ्ग थापाले जानकारी दिए । कार्यक्रमको सञ्चालन कक्षा ११ का छात्र विशाल सापकोटाले गरेका थिए ।

    वितरित सामग्रीहरूमा खाद्यान्नतर्फ चामल १५० किलो, दाल ३० किलो, चिउरा ३० किलो, बिस्कुट एक कार्टुन रहेको त्यसैगरी आश्रित २९ जना बालबालिकाका लागि स्वेटर, टोपी र मोजा उपलब्ध गराइएको छ । त्यसैगरी मसलन्दतर्फ प्रति बालबालिका चारवटा कपी, पेन, पेन्सिल, कटर, इरेजर र स्केल एक÷एक थान दिइएको छ । त्यस्तै खेलकुदका सामग्रीहरूमा दुई थान भलिबल, दुई थान फुटबल, दुई थान बास्केट बल, दुई थान ब्याटमिन्टन, दुई थान सटल र एक थान हावा भर्ने पम्प उपलब्ध गराइएको कार्यक्रम सञ्चालकसापकोटाले जानकारी दिए । औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूले पिटुसिटूमा आश्रित बालबालिकाहरूसँग अन्तक्र्रिया गर्नुका साथै भलिबल, फुटबल, ब्याटमिन्टनलगायतका खेल खेलेका थिए ।

    बालबालिकाहरूका लागि प्रहरी–नागररिक अभियान नेपाल (पिटुसिटू)मार्फत हालसम्म ८० जनाभन्दा बढी बालबालिकालाई उनीहरूको परिवारमा पुनर्मिलन गराइएको र हाल पिटुसिटूमा २९ जना आश्रित बालबालिका रहेका छन् । उनीहरू त्यहीँ रहेको आधारभूत विद्यालयमा अध्ययन गर्दछन् । सडक बालबालिकामुक्त समाज निर्माणको परिकल्पनाअनुसार यो संस्था २०७२ सालमा स्थापना भएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.