नवलपुर । नवलपुरमा आज (बुधबार) विद्युत अवरुद्ध हुने भएको छ । प्रगतिनगर सवस्टेशन टान्सफर्मरको वे विस्तार गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले जनाएको छ । विहान १० बजेदेखी दिउसो १ वजेसम्म गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा विरुद्ध अवरुद्ध हुनेछ । साथै तोकिएको समय अगावै कार्य सम्पन्न भएमा विद्युत लाईन सुचारु हुने पनि नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले जनाएको छ ।








