• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’

  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताउनुभएको छ । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उहाँले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको छ भन्नुभयो । “नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जीउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

    उहाँले लैङ्गिक समानताको प्रवद्र्धन, पदयात्रा र साइकल यात्रामार्फत वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनुभयो । अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रुपमा रहेको बताउनुभयो । उहाँले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको जनाउनुभयो ।

    ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताउनुभयो । “यो सभाले ड्रुक्पा समुदाय र यससँग सम्बद्ध सम्पूर्ण अनुयायीका लागि आगामी कार्यक्रमका साथै मार्गदर्शन गर्नेछ”, उहाँले भन्नुभयो, “धार्मिक शिक्षा र अभ्यासलाई प्रोत्साहित गर्ने मात्र नभई यस सभाले आधुनिक समाजका चुनौतीसँग जुध्न सक्ने व्यावहारिक समाधानका उपाय पनि प्रस्तुत गर्नेछ ।”

    भुटानका गृहमन्त्री लोन्पो छिरिङले आध्यात्मिक जागरण फैसालउनुका साथै लैङ्गिक समानता वातावरण संरक्षण, वृक्षरोपण, वातावरणीय सचेतना फैलाउन काउन्सिलले लिएका पहल सह्रानीय रहेको छ भन्नुभयो । नेपाल बौद्ध सङ्घका अध्यक्ष खेन्पो थुम्तेन जिग्दोलले ड्रुक्पा परम्पराका अनुयायीले समस्त प्राणी जगत्को हितका लागि गर्दै आइरहेका कार्य अनुकरणीय रहेको बताउनुभयो । सो अवसरमा डक्पा वंश, यात्रा र ड्रुक्पा योगी तथा गुरुका बारेमा जानकारी मुलक भिडियो प्रस्तुत गरिएको थियो । समारोहमा विभिन्न मुलुकबाट सहभागी ड्रुक्पा अनुयायीले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । पाँच दिनसम्म चल्ने सो कार्यक्रममा पवित्र ड्रम अनुष्ठान प्रदर्शन, आध्यात्मिक शिक्षाको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखन र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुनेछ ।

    साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवा दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायत विषयमा प्रवचन दिनुहुनेछ । कार्यक्रममा ड्रुक्पा परम्पराका गुरु ग्यालवाङ ड्रुक्पा रेन्पोछे, भुटानका राजपरिवारका सदस्य र आफन्तजन, विभिन्न मुलुकबाट आउनुभएका ड्रुक्पा परम्पराका सदस्य, आध्यात्मिक गुरु, विद्यार्थीलगायत तीन हजार भन्दा बढीको सहभागिता रहेको ह्वाइट गुम्बाका प्रवक्ता जिग्मे याङ्गचेन गामोले जानकारी दिनुभयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.