चितवन । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले मेलमिलापको नीति व्यवहारमा उतार्न आबश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ (क)को आयोजनामा आज पूर्बी चितवतनमा आयोजित राष्ट्रिय एकता तथा मेलमिलाप दिबसको सान्दर्भिकता र अवको बाटो बिषयक अन्तरक्रिर्या कार्यक्रममा बोल्दै उहाँले मेरो र तेरो नभनि मेलमिलापको नीतिबाट हिड्न सकेमा काँग्रेसलाई हराउने तागद कसैले राख्न नसक्ने बताउनुभयो । पार्टी भित्र आपसि मेलमिलाप र एकताको खाँचो रहेको उहाँको भनाई थियो ।
देश र जनता प्रति लगाभ भएरमात्रै मेलमिलापको नीति सम्भव हुने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु टेक प्रसाद गुरुङ, गुरुराज घिमिरेले पार्टीका शिर्ष नेताहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राख्न छोडे मात्रै एकता र मेलमिलाप दुबै कायम भएर बलियो शक्तिका रुपमा पार्टी स्थापित हुने बताउनुभयो । लोकतन्त्र र राजनीति बिचको एकता अहिलेको आबश्यकता रहेको उहाँहरुले बताउनुभयो । राजनीतिमा मेलमिलापले लोकतन्त्रको भबिश्य शुनिश्चित हुने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश सभा सदस्य उत्तम जोशी, नेपाली काँग्रेस चितवनका नेताहरु कमल आचार्य, उत्तम आचार्य, शम्भू अर्याल, निता ढकाल, भरत खनाल, गणेश मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, नेपाली काँग्रेस चितवनको क्षेत्र नम्बर १ (क)का क्षेत्रीय सभापति गोविन्द गौतम लगाएतले नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्न नसक्दा देशमा अहिलेको अबस्था आएको बताउनुभयो । यसलाई चिर्नका लागि पनि यो नीतिलाई बलियोका साथ अघि वढाउन आबश्यक रहेको उहाँहरुको भनाई थियो ।








