• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो ।

    ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो । शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा कस्तुरी मल्ल र डा विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गर्नुभएको थियो । शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ ।

    यस संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् । प्रजनन स्वास्थ्य शिविरले मेरीस्टोप्स सेन्टरले प्रदान गर्ने सेवाका बारेमा समुदायस्तरमा जानकारी बढाउन सहयोगी सावित भएको मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई)का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा मेरीस्टोप्स सेन्टरले यौन तथा प्रजनन स्वास्थ्य सेवासँग सम्बन्धित सेवा प्रदान गरिराखेको छ ।

    सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.