फाईल फोटो
नवलपुर । बुधबार विहान नवलपुर प्रहरीले कावासोतीमा जुवाको खालबाट दुई लाख नगद सहित ८ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ का मिनराज महतोको घर तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा देवचुली ११ का ३६ बर्षीय लिलबहादुर राना, कावासोती १५ का २७ बर्षीय युवराज महतो, २६ बर्षीय रुमेश महतो, ४२ बर्षीय मिनबहादुर थारु, कावासोती १७ का ३३ बर्षीय मधु मगर, कावासोती ८ का ३५ बर्षीय जितेन्द्र शाह र बुलिङटार ४ निवासी ३० बर्षीय छालबहादुर मुक्मी रहेका छन् ।पक्राउ पर्नेको साथबाट प्रहरीले ३ बुक तास, नेपाली रुपैयाँ १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजारको चेक, १ सय ३० रुपैयाँ भारतीय नोट र विभिन्न देशको पैसा २ हजार २ सय ५० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी निरीक्षक विशाल तमाङले जानकारी दिनुभएको छ ।








