चितवन। जिल्ला प्रशासन कार्यालय, चितवनले प्रतिलिपि नागरिकता वितरण दुई दिनको लागि स्थगित गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गरी प्रतिलिपि नागरिकताका लागि कार्तिक २७ र २८ गते निवेदन नलिने जनाएको छ । प्रतिलिपि नागरिकता लिनका लागि पेश हुन आएका अनुसुचि सिफारिस फारामहरु पछ्यौटका काम बाँकी रहेकाले प्रतिलिपि नागरिकता वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिए ।









