• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेवार बस्तीमा संस्कृति आदानप्रदान

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ । परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लामा रहेका नेवार बाहुल्य बस्तीमा संस्कृति आदानप्रदान कार्यक्रम गर्ने गरिएको समाजका अध्यक्ष सुरेश सायमी मानन्धरले बताउनुभयो ।

    मुख्यगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिलाई अन्यत्र ठाउँमा परिचित र अन्तरघुलन गराउने उद्देश्यले समाजले यस यसलाई अभियानका रूपमा निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । सोही सिलसिलामा शनिबार बागलुङ सदरमुकाममा उक्त कार्यक्रम गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । समाजले तीन सय वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरेको हो ।

    नेपाल भाषा मंकाः खलः बागलुङको आयोजना र आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका तर्फबाट काठमाडौँमा प्रचलित धिमे, कुमारीलगायत परम्परागत नाच प्रस्तुत गरिएको थियो । यस्तै बागलुङको ऐतिहासिक हनुमान नाच, लाखे नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको मंकाः खलका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो । स्थानीय लोकतान्त्रिक चोकमा भएको कार्यक्रम समाजका पदाधिकारी, सदस्य, कलाकारलगायत एक सय २० जना काठमाडौँबाट आमन्त्रित गरिएका थिए । उनीहरूले बागलुङवासीलाई नेवारी चलनअनुसारको सगुन पनि खुवाएका थिए ।

    नेवारी वेशभूषामा सजिएका कलाकार र पाहुनाको उपस्थितिले कार्यक्रम उत्सवमय बनेको थियो । दर्शकदीर्घाबाट पनि रूचिपूर्वक कार्यक्रमको अवलोकन गरिएको थियो । काठमाडौँ–बागलुङबीचको नेवारी संस्कृतिको चिनारी र आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको मंकाः खलका अध्यक्ष भारीले बताउनुभयो । कार्यक्रममा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नेवार जाति संस्कृतिमा अब्बल र धनी रहेको बताउनुभयो । सयौँ वर्ष पुराना गीत र नाचलाई जोगाएर राख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस्ता क्रियाकलाप अन्य समुदायका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

    मंकाः खलःका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले संस्कृति आदानप्रदानमार्फत भाइचारा र एकताको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण भाषा, कला र संस्कति विश्वकै लागि अभूतपूर्व रहेको धारणा राख्नुभयो । नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको हुँदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

    नेवार समुदायले आफ्नो मौलिक जात्रा, नाच, गीत, पर्व, भजन, संस्कार, खानपान, संस्कृति र सम्पदा संरक्षण गर्दै आएको छ । बागलुङमा पनि भदौरे जात्रा, हनुमान, लाखे नाच, जोगी, रोपाइँ नाच आदि प्रचलनमा छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलःले अगुवाइ गर्दै आएको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा कतिपय नाच लोप हुने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित केही नाच हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको भनाइ छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.