• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाद्वारा आज यहाँ आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उहाँले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्बाहका लागि आग्रह गर्नुभयो । अध्यक्ष दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा थप क्रियाशीलताका लागि आग्रह गर्नुभयो ।

    “अहिले देशमा सुशासन र आर्थिक समृद्धिको कुरालाई जीवन र व्यवहारमा उतार्नेभन्दा पनि आदर्शका रूपमा मात्रै प्रस्तुत गरिरहेको भान हुन्छ । आदर्श एउटा कुरा हो, त्यसलाई जीवन र व्यवहारमा लागूगर्नु अर्को कुरा हो । यी अन्तरविरोधलाई हल गर्न पत्रकारले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले सत्यतथ्यमा आधारित भएर समाचार प्रस्तुत गरे मात्रै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो । “आममानिसले पत्रकारले दिने समाचारअनुसार धारणा बनाउँछन् । त्यसैकारण हामीले गम्भीर भएर समाचार प्रस्तुत गनुपर्छ”, उहाँले भन्नुभयो ।

    मिडिया काउन्सिल विधेयक सदन सञ्चालन हुनेवित्तिकै प्रस्तुत हुने भन्दै अध्यक्ष दाहालले पत्रकारिता व्यवस्थित गर्न आवश्यक ऐन, कानुनका सम्बन्धमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासङ्घको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमजीवी पत्रकारले निर्बाध र सुरक्षित रूपमा लेख्न पाउने अधिकारको सुनिश्चितताका लागि महासङ्घ निरन्तर क्रियाशील हुने बताउनुभयो । अध्यक्ष शर्माले सामाजिक सञ्जालमा भ्रामक कुराले प्राथमिकता पाइरहेकाले पत्रकारले सही सूचना प्रवाह गर्न मिडिया साक्षरता आवश्यक रहेको बताउनुभयो ।

    महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको हकहित र जिल्लामा सञ्चालित स्वरोजगारमूलक मिडियाको व्यवस्थापनका लागि सहजीकरण गर्ने बताउनुभयो । निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसे, महासङ्घ ललितपुरका भूतपूर्व अध्यक्ष सागर न्यौपानेलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.