चितबन । महिलामाथि हुने विभेद रोक्न पत्रकारले सशक्त कलम चलाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सञ्चारिका समुहले आज (बुधबार) देखि सुरु भएको भर्चुअल अन्र्तक्रिया कार्यक्रममा महिलामाथि हुने विभेद, यौनिक हिंसा, घरेलु हिंसा, श्रमशोषण लगायतका घटना निरुत्साहित गर्न पत्रकारिताले कसरी सघाउने भन्नेबारे छलफल भएको थियो ।
एक्काइसौँ शताव्दीमा समेत नारीलाई बोझका रुपमा लिने कुप्रथा अझै कायमै छ । लैंगिक हिंसा तथा विभेद विरुद्धको अन्र्तक्रिात्मक कार्यक्रममा प्रशिक्षक सि द कम्युनिटीका उपाध्यक्ष बन्दना रानाले गर्भावस्थामै छोरीको भु्रण हत्या गर्ने प्रवृत्ति मौलाउनु दुखद भएको बताउनुभयो । उहाँका अनुसार छोरा जन्माउने चाहनाकै कारण गर्भपतन गराउने पनि बढेका छन् । नेपालमा १ सय ८० छोराको जन्महुँदा १ सय जना छोरीको जन्म भएको तथ्याङ्क अध्ययनले देखाउँछ ।
तथ्यांक अनुसार पहिलो सन्तानका रुपमा छोरा जन्मीए ९ दशमलव १ प्रतिशतमा छोरीको चाहाना हुने, पहिलो सन्तान छोरी भएमा ४३ दशमलव ८ प्रतिशतमा छोराको चाहाना हुने पाइएको छ । दोस्रो र तेस्रो सन्तान छोरी भएमा ६० दशमलव ४ प्रतिशत छोराको चाहाना रहेको छ । छोरीको जन्मदर घट्दै गए १० वर्ष पछि महिलामाथि हिंसाको दर झनै बढ्ने जोखिम रहेको बताउनुभयो । बहुपतिप्रथा, बलात्कार, देह व्यापार, गर्भको बेचबिखन जस्ता अपराध बढ्ने देखिएको छ । विवाहको लागि महिलाको कमी, कृत्रिम समलिङगि सम्बन्धको अवस्था आउने देखिन्छ । छोरीप्रतिका गलत सोचाईलाई हटाउन सञ्चारमाध्यमले अभियानै चलाउनुपर्ने उहाँको धारणा छ ।
अन्र्तक्रियात्मक कार्यक्रम २८ गतेसम्म चल्नेछ । महिला पत्रकारको संगठन सञ्चारीका समुहले बाग्मती प्रदेशका पत्रकारलाई भर्चुअल माध्यमबाट सहभागि गराएको हो । प्रदेशका २४ जना पत्रकार सहभागि छन् । पहिलो दिन आज (बुधबार) लैंगिक हिंसा रोकथामका उपायबारे छलफल भएको थियो । कैयन उखानटुक्काले महिलालाई हिनताबोध गराउने, आत्मसम्मानमा चोट पु¥याउने गरेकाले उखानटुक्का प्रयोग गर्दा संयमपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । यसरी होच्याएर गरिने उखानटुक्कालाई महिला हिंसाका रुपमा लिने गरिन्छ ।








