• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वडाध्यक्षको तरकारीखेती मोह

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् । यो कार्य उहाँले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आउनुभएको छ । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उहाँ बताउनुहुन्छ । चौधरी तरकारीखेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् ।

    त्यहीँ भएर उहाँ दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उहाँ दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउनुहुन्छ । उहाँकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउनुहुन्छ । वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उहाँले तरकारीखेती गर्नुभएको छ । काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् ।

    “काउली मात्र बेचेर रू ५० हजार जतिको आम्दानी भएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “पहिलोपटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।” काउलीबाहेकको अन्य तरकारी रू २० हजार जतिको बेचेको उहाँ बताउनुहुन्छ । “बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्”, अध्यक्षका श्रीमती सावित्री चौधरीले भन्नुभयो, “आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।” यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी रू एक लाख आम्दानी हात पार्न सफल भएका थिए । तरकारीखेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् ।

    नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उहाँ बताउनुहुन्छ । “आर्थिक सहयोग माग्नेलाई दिनैप¥यो”, उहाँले भन्नुभयो, “भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैप¥यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्यान निकै गाह्रो हुन्छ ।” “जनप्रतिनि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परीश्रम गरेको देखेर अरूले पनि गर्छन, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो”, उहाँ भन्नुहुन्छ । बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्नुहुन्छ । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्नुहुन्छ ।

    परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उहाँलाई चिन्ने गर्छन् । विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रोपटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउनुहुन्छ । “वडाध्यक्ष भए पनि तरकारीखेती गर्नुहुन्छ, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि छैनन्”, उहाँले भन्नुभयो, “नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्नुहुन्छ, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउनुहुन्छ ।” वडा अध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उहाँ बताउनुहुन्छ ।

    उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेतीगर्ने तौर तरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उहाँ बताउनुहुन्छ । वडा अध्यक्ष हुनुअघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गर्नुभएको थियो । गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाई गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ । रासस

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.