• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिक्लेसमा ठेलो हान्ने मेला

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ ।

    कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ । क्लबका अध्यक्ष भोलामान गुरुङले उहाँले ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे सङ्क्रान्ति मेला’ भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताउनुुभयो ।

    उहाँका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलोलगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ ।

    मेलाका अवसरमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजयीले रु एक लाख नगदका साथमा मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

    त्यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु २० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । खुल्ला पुरुष बास्केटबलतर्फ प्रथम हुनेले रु एक लाखसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ७० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

    मेलामा गुरुङ भाषा गीतको सामूूहिक नृत्यमा प्रथम हुनेले रु ६० हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेले रु ३० हजार, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

    प्रतियोगिताअन्तर्गत ठेलो खेलका विजेताले रु ४५ हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सभायुला युवा परिवारले सञ्चालन गर्ने ठेलो प्रतियोगिताको प्रमुख आतिथ्यता ठेलो प्रतियोगिताका पूर्वविजेता केशबहादुर गुरुङले गर्नुुहुने जनाइएको छ ।

    पोखराबाट करिब ४० किमीको दूरीमा कास्कीको उत्तरपूर्वी भेगमा रहेको सिक्लेस मादी गाउँपालिका–१ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । यहाँ चार सय ५० घरधुरी रहेका छन् । ग्रामीण पर्यटन केन्द्रका रुपमा विकास भइरहेको यहाँ पर्यटकको सुविधालाई लक्षित गरी सुविधासम्पन्न ४७ वटा होटल दर्ता भई सञ्चालनमा रहेका छन् ।

    त्यसैगरी, ३६ वटा घरबास सञ्चालनमा छन् । पर्यटकीययाममा एक हजार पाँच सयदेखि दुुई हजार जनासम्म पर्यटक सिक्लेसमा घुम्न आउने गरेको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुुभयो । सिक्लेसमा करिब नौ सय वर्षअघि देखि नै बसोबास सुरु भएको अनुमान गरिने बताउँदै उहाँले दुुई सय वर्षअघि देखि यहाँ माघे सङ्क्रान्तिका अवसरमा ठेलो हान्ने प्रचलन रहेका कारण त्यसैबेलादेखि सिक्लेस माघे सङ्क्रान्ति मेला सुरु भएको अनुमान गरिने जानकारी दिनुुभयो ।

    पछिल्लो समय सिक्लेस जाने बाटोलाई व्यवस्थित गर्ने उद्देश्यका साथ तेस्रो खण्डको काम सुरु हुन लागेको उहाँले जानकारी दिनुुभयो । काहुँखोला सिक्लेस सडकमा अहिले तस्रो खण्डको कालोपत्र गर्ने काम सुरु गर्न लागिएको उहाँले बताउनुुभयो । गाउँ तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुुभयो । स्थानीयको सेवाका लागि चाँडो काम गर्न प्रविधिमैत्री काम थालिएको बताउँदै उहाँले कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधा समेत दिइएको बताउनुुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.