• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले एक÷डेढ महिनाभित्र भुक्तानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । “उद्योगले किसानको दूधको भुक्तानी नगर्ने कारण खोजेर समस्या समाधानका लागि पहल गरिरहेका छौँ । आफूले नगदमा बिक्री गर्ने तर किसानबाट उधारोमा दूध लिनु राम्रो होइन ।

    कृषकले समयमै आफ्नो पैसा पाउनुपर्दछ । यसका लागि मन्त्रालयले पहल गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले आफू मन्त्रालयमा आउँदा संस्थानले कृषकलाई भुक्तानी गर्नुपर्ने रकम रु एक अर्ब ४८ करोड र कर्मचारीको रु ५० करोड गरी रु एक अर्ब ९८ करोड रहेकामा त्यसलाई कम गर्दै लगिएको बताउनुभयो । कृषि र सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आगामी नीति, कार्यक्रम र बजेटबाट सम्बोधन गरिने मन्त्री अधिकारीको भनाइ थियो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नेपालमा उत्पादित दूध छिमेकी मुलुक चीन र भारतमा निर्यात गर्न सकिने सम्भावना रहेको भन्दै यसका लागि कृषकलाई प्रोत्साहन गर्दै व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने बताउनुभयो ।

    गण्डकी प्रदेशका कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठले प्रदेश सरकारले किसानलाई सहयोग गर्न उत्पादनमा आधारित अनुदान नीतिलाई कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरले विभिन्न रोगव्याधिका कारणले कृषि तथा दुग्ध क्षेत्रमा आबद्ध कृषकलाई असर परेको बताउँदै यस्ता कृषकलाई पेसामा टिकाइराख्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले देशको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको र यस क्षेत्रले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्य पौडेल, डेरी उद्योग सङ्घ नेपाल काठमाडौँका अध्यक्ष राजकुमार दाहाल, कास्की जिल्ला सहकारी सङ्घका अध्यक्ष दीपकराज बास्तोलालगायतले नेपालको समृद्धिको आधार दूध व्यवसाय रहेकाले यस क्षेत्रमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घमा हालसम्म ३६ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाहरू सदस्य रहेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.