• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुन्दरहरैँचा (मोरङ) । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।

    ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् ।

    संयोजक चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धनन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । “महोत्सवमा ४० वटा औद्योगिक, ३० वटा खानपिनको कक्ष छन्”, उहाँले भन्नुभयो, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।”

    महोत्सवमा थारू सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका प्रदर्शनी कक्ष, मनोरञ्जनात्मक खेल रहेका सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गर्नुभयो ।

    सङ्ग्रहालयका अध्यक्ष चौधरीले भन्नुभयो, “हामीले यो सङ्ग्रहालयलाई थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।”

    महोत्सवको व्यवस्थापनका लागि करिब रु ६० लाख खर्च आयोजकको अनुमान छ । दैनिक रु ५० लाखदेखि रु एक करोडसम्मको व्यापार हुनुका साथै दैनिक १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा शारीरिक रूपमा अशक्त साथै विद्यालयका विद्यार्थीका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

    थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेतले बताउनुभयो ।

    थारू सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरिने सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उल्लेख गर्नुभयो ।

    विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार सुन्दरहरैँचा नगरपालिकाको जनसङ्ख्या एक लाख २० हजार दुई सय १३ रहेकामा यहाँ थारू जातिको जनसङ्ख्या ३३ हजार सात सय ७९ रहेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.