• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आगरा (भारत) । सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन् ।

    सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ । यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ । यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ ।

    भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे । ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिकालगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरे । उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

    आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको बताउनुभयो । नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए । त्यस अवसरमा व्यवसायीहरूले नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउन भारतीय पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे । भारतीय पर्यटकलाई ती स्थानमा पठाउन आग्रह गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले अयोध्या र जनकपुरलाई रामायण सर्किटका रूपमा विकास गर्न लागिपरेको भन्दै आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो । पर्यटन व्यवसायी मायाप्रसाद भट्टले सुदूरपश्चिममा सम्भावना रहेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पु¥याउन सहकार्य जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गल सफारी र विभिन्न धार्मिक तीर्थस्थल, पवित्र क्षेत्र बढिमालिका, खप्तडलगायत क्षेत्रको प्रवर्द्धनमा दुवै देशबीच सहकार्य आवश्यक छ ।”

    बनारसमा ‘रोड सो’

    नेपाल र भारतको धार्मिक पर्यटनलाई बढावा दिन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ । ब्यानरसहित सडक परिक्रमा गरी शास्त्री घाटमा पुगेर सम्पन्न भएको थियो । सोही अवसरमा नेपालबाट परिचयात्मक तथा बिटुबीका लागि सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरियो । उत्तरप्रदेश पर्यटन विभाग र व्यवसायी प्रतिनिधिहरूले स्वागत गर्दै दुवै देशमा धार्मिक पर्यटन वृद्धि कसरी गर्न सकिन्छ भनेर विमर्शसमेत गरे ।

    बनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल र भारतबीचको शदिऔँदेखिको धार्मिक, सांस्कृतिक सम्बन्धको लाभ दुवै पक्षले लिनुपर्ने बताउनुभयो । उहाँले बुद्ध र हिन्दू दुवैका लागि नेपाल र भारत महत्वपूर्ण पर्यटकीयस्थल रहेको तथा पर्यटक आदानप्रदान हँुदै आएको भन्दै १२ वर्षपछि लाग्ने कुम्भ मेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गर्नुभयो । साथै उहाँले नेपालको सडक पूर्वाधार सुधार गर्नसके धेरै भारतीय पर्यटक नेपालको भ्रमण गर्न आतुर रहेको बताउनुभयो ।

    उत्तरप्रदेश पर्यटन विभागका उपनिर्देशक आरके रावतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतले लिएको सामूहिक पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो । त्यसअघि लखनऊमा उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम गरिएको थियो । जहाँ दुवै देशका पर्यटनसम्बन्धी सरकारी निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक अनुभव आदान–प्रदानका साथै आगामी पर्यटन रणनीतिबारे छलफल भएको थियो ।

    उत्तरप्रदेश पर्यटन विभागको निमन्त्रणामा २३ जना नेपाली व्यवसायी, सरकारी प्रतिनिधि, सञ्चारकर्मी यस कार्यक्रममा सहभागी भए । यसअघि नेपालले भारत उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपालमा आमन्त्रण गरी नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी गराउनाका साथै दुवै पर्यटन बोर्डहरुबीच यस्ता कार्यक्रमलाई वार्षिक कार्यतालिका बनाई निरन्तरता दिने घोषणा गरेका थिए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.